फिलिपिन्सका राष्ट्रपतिद्वारा सिनेटरका लागि उम्मेदवारी दर्ता

फिलिपिन्सका राष्ट्रपतिद्वारा सिनेटरका लागि उम्मेदवारी दर्ता

मनिलाः फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले सोमबार सिनेटरका लागि उम्मेदवारी दर्ता गराएका छन्। आगामी सन् २०२२ को मे महिनामा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आवश्यक पर्ने कागजपत्रहरु उनले सोमबार पेस गरेका हुन्।

राष्ट्रपतिको कार्यकाल पूरा गरेर बहिर्गमनको चरणमा रहेका डुटेर्टेले आफ्ना वकिलहरुमार्फत् उम्मेदवारी दर्ता गराएको जनाइएको छ। उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोगले तोकेको समयावधिको अन्तिम दिन उनले उम्मेदवारी दर्ता गराए।

अहिले ७६ वर्ष पुगेका डुटेर्टेले पीडीडीएस पार्टीको तर्फबाट उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपति डुटेर्टेले अघिल्लो हप्ता सक्रिय राजनीतिबाट आफूले विदा लिन लागेको सार्वजनिकरुपमा घोषणा गरेका थिए।

उनले आगामी निर्वाचनमा आफूले उम्मेदवारी दिएर प्रतिस्पर्धा नगर्ने दाबीसमेत गरेका थिए। उनी यसअघि सन् २०१६ मा फिलिपिन्सको राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।

फिलिपिन्सको संविधानले कुनै पनि व्यक्तिलाई फिलिपिन्सको राष्ट्रपतिमा ६ वर्षे एक कार्यकाल मात्रै जिम्मेदवारी लिन पाउने व्यवस्था गरेको छ। नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा आगामी सन् २०२२ को मे ९ तारिखमा निर्वाचन हुन लागेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.