स्वास्थ्य संस्थालाई अक्सिजन कन्सल्ट्रेटर मेसिन

स्वास्थ्य संस्थालाई अक्सिजन कन्सल्ट्रेटर मेसिन

सन्धिखर्क : श्वासप्रश्वास प्रक्रियामा अक्सिजनको कमीबाट हुने जोखिम नियन्त्रण गर्न अर्घाखाँचीका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सल्ट्रेटर मेसिन प्रदान गरिएको छ। नेपाली कांग्रेसका नेता  डाक्टर जयबहादुर टण्डन र डाक्टर मुक्ति श्रेष्ठको पहलमा अर्घाखाँची दिगो विकास केन्द्रले अक्सिजन कन्सल्ट्रेटर मेसिन प्रदान गरेको हो। 

जिल्लाको अर्घा स्वास्थ्य चौकी,  मालारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकी, भूमिकास्थान नगरपालिकाको खिल्जी स्वास्थ्य चौकी र पाणिनि गाउँपालिकाको अड्गुरी स्वास्थ्य चौकी, पाली स्वास्थ्य चौकी,पटौटी  स्वास्थय चौकी र मालारानी गाउँपालिका १ को मरेंग स्वास्थ्य चौकीमा एकएक वटा कन्सल्ट्रेटर मेसिनसहित स्वास्थ्य सामाग्री प्रदान गरेको अर्घाखाँची दिगो विकास केन्द्रका अध्यक्ष डाक्टर जयबहादुर टण्डनले बताए। 

आफ्नै गाउँको स्वास्थ्य संस्थामा अक्सिजन कन्सल्ट्रेटर मेसिन प्रदान गरेपछि मालारानी गाउँपालिका १ र २ का स्थानीयहरु हर्षित भएका छन्। मालारानी गाउँपालिकाको १ र २ का वासिन्दाले सेवा लिने उक्त स्वास्थ्य चौकीमा अक्सिजन मेसिन लिएर डाक्टर जयबहादुर टण्डनको टोली गएपछि उनीहरु खुशी भएका हुन्। 

अक्सिजनको अभावमा जन्मिएका शिसुहरुमा स्वास्थ्यमा जटिलता उत्पन्न भएको स्मरण गर्दै आगामी दिनमा कन्सल्ट्रेटर मेसिनबाट अक्सिजन दिएर पनि बालबालिका बचाउन सकिने स्वास्थ्य चौकी मदनकुमार आचार्यले बताए। उनले कोभिड मात्र नभएर बालबालिका र दमका रोगीहरुका लागि पनि उपयोगी हुने बताएका छन्। 

नेपाली कांग्रेसका वडा सभापति भरत थापाको विशेष सहजीकरणमा  अक्सिजन कन्सल्ट्रेटर मेसिन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो। 

स्वास्थ्य चौकीमा एक कार्यक्रमकाबिच डाक्टर टण्डनले वडा अध्यक्ष तथा स्वास्थय चौकी व्यवस्थापन समितका अध्यक्ष बालकृष्ण आचार्य  र स्वास्थय चौकी प्रमुख मदनकुमार आचार्यलाई कन्सल्ट्रेटर मेसिन प्रदान गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.