गर्भवती र प्रेमी भएका महिलाले सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धा गर्न नपाउने

गर्भवती र प्रेमी भएका महिलाले सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धा गर्न नपाउने

मेक्सिको सिटी : ग्रामिण मेक्सिकोमा यसै साता आयोजित सुन्दरी प्रतियोगितामा गर्भवती र प्रेमी भएका महिलाले प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । करिब १७ देखि २२ उमेर समूहका महिलाका लागि खुला गरिएको सो प्रतियोगितामा गर्भवती र प्रेमी भएका महिलाले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन् । 

भाइस न्युजमा प्रकाशित समाचार अनुसार मेक्सिकोको भिल्ला ग्रासिया नगरपालिकामा आयोजित सुन्दरी प्रतियोगिताको लागि सम्बन्धित निकायले विवादित योग्यता माग गरेको छ । जसअनुसार प्रतिस्पर्धामा सहभागी महिला प्रेमी नभएको (सिंगल) हुनुपर्ने, गर्भवति नभएको हुनुपर्ने, कहिल्यै विवाह नगरेको र लिभिङ रिलेसनमा नबसेको हुनुपर्ने जस्ता आवश्यक योग्यता माग गरेको छ। 

सो प्रतिस्पर्धाको विजेताले १० हजार पेसोज अर्थात् करिब ५ सय अमेरिकी डलर पुरस्कार स्वरुप पाउने घोषणा स्थानीय सरकारको आधिकारिक फेसबुकमा पोष्ट गरिएको छ । तर सो पोष्टप्रति नराम्रो प्रतिक्रिया आउन थालेपछि हाल भिल्ला ग्रासिया नगरपालिकाले सो पोष्ट हटाएको समेत भाइस न्युजमा उल्लेख छ ।

हाल महिला अधिकारकर्मी र कानुन व्यवसायीहरुले सुन्दरी प्रतियोगिताका लागि नगरपालिकाले मागेको आवश्यक योग्यताप्रति कडा आपत्ति जनाएको समेत भाइस न्युजमा खबर छ।मेक्सिकोमा हुने सुन्दरी प्रतियोगितामार्फत महिला तस्करी बढेको समेत बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.