श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका पति, छोरा-छोरी सबैको दुर्घटनामा मृत्यु

श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका पति, छोरा-छोरी सबैको दुर्घटनामा मृत्यु

बिहार- बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतका पाँच जना नातेदारहरुको सडक दुर्घटनामा मृत्यु भएको छ। भारतको बिहार राज्यको लखीसरायमा सुमोलाई ट्रकले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दुर्घटनामा ६ जनाको मृत्यु भएको र ४ जना गभ्मीर घाइते भएको बताइएको छ। एजेन्सीहरुका अनुसार उनीहरु दाहसंस्कारबाट फर्किरहेका थिए। घाइतेहरुको स्थानीय सदर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लालजित सिंहकी श्रीमती गीता देवीको अन्तिम संस्कार गरेर फर्किँदा दुर्घटना भएको थियो। जसमा लालजित सिंह, उनका छोरा अमित शेखर उर्फ नेमानी सिंह, रामचन्द्र सिंह र छोरी बेवी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.