भारतमा हिन्दु कट्टरपन्थीद्वारा पूर्व भारतीय विदेशमन्त्रीको घरमा आगजनी

भारतमा हिन्दु कट्टरपन्थीद्वारा पूर्व भारतीय विदेशमन्त्रीको घरमा आगजनी

नयाँ दिल्ली : भारतीय हिन्दु कट्टरपन्थीले पूर्व भारतीय विदेशमन्त्रीको घरमा आक्रमण र आगजनी गरेका छन्। हिन्दु कट्टरपन्थीले पूर्व मुस्लिम विदेशमन्त्री सलमान खुर्सिदको घरमा आक्रमण र आगजनी गरेका हुन्। 

अन्तर्राष्ट्रियसञ्चार माध्यममा प्रकाशित समाचारअनुसार कंग्रेस पार्टीका पूर्व विदेशमन्त्री सलमानले गत महिना पुस्तक प्रकाशित गरेका थिए। सो पुस्तकमा उनले इस्लामिक कट्टरपन्थी आइएसआइएलजस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हिन्दु राष्ट्रवाद मौलाएको उल्लेख गरेका थिए। 

पुस्तकमा हिन्दु राष्ट्रवादलाई आतंकवादी समुह आइएससँग तुलना गरेको भन्दै हिन्दु कट्टरपन्थीले सलमानको घरमा आक्रमण र आगजनी गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २० जनाभन्दा बढीको समुहमा आएका हिन्दु कट्टरपन्थीले नैनिताल शहरस्थित पूर्व विदेशमन्त्री खुर्सिदको घरमा आक्रमण र आगजनी गरेका हुन्। 

‘खुर्सिद घरमा नभएको समयमा सो घटना भएको हो। नाराबाजी गर्दै आएको सो समुहले ढुंगामुडा प्रहारबाट खुर्सिदको घरमा तोडफोड गरेका छन्। यति मात्र नभइ उनको घरमा आगजनीसमेत गरेका छन्’, प्रहरीले टाइम्स अफ इन्डियासँग भनेको छ, ‘साथै उनीहरुले खुर्सिदको छोरीमाथि बन्दुक ताक्दै मार्ने धम्कीसमेत दिएका रहेछन्।’ 

६८ वर्षीय खुर्सिदले सन् २०१२ देखि २०१४ सम्म भारतीय विदेश मन्त्रीको रुपमा काम गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.