म्याग्दी कांग्रेसको सभापतिमा गर्बुजा सर्वसम्मत
बेनी: नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत चयन भएका छन्। बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिबेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि सभापति पदमा गर्बुजाको मात्र उमेद्वारी परेको निर्वाचन समितिका सदस्य सागरजिबी उपाध्यायले जानकारी दिए।
‘बुधबार दिउँसो २ बजेसम्म मनोनयनको समय तालिका थियो। तोकिएको भन्दा बढी संख्यामा उमेद्वारी परेको पदका लागि निर्वाचन हुन्छ,’ उनले भने।
सभापतिमा चयन भएका गर्बुजा यसअघिको कार्यसमितिका पनि सभापति हुन्। बेलायती गोर्खा सैनिकका सेवानिबृत्त गर्बुजा बि.स. २०७० र ७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट उमेद्वार बनेर पराजित भएका थिए। यसअघिको कार्यकालमा नेत्रबहादुर महतसँग चुनाव लडेका गर्बुजा दोस्रो पटक सर्वसम्मत नेतृत्व दोहोर्याउने अवसर पाएका हुन्।
नौ जना जिल्ला कार्यसमिति सदस्य र तीन जना महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत भएका छन्। जिल्ला सभापतिका आकांक्षी पूर्व सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले महाधिवेशन प्रतिनिधिमा मनोनयन दर्ता गरेका छन्।
महिला सदस्यतर्फ बेनी नगरपालिकाकी मनकुमारी तुलाचन, अन्नपूर्णकी पुष्पा बानिया बरुवाल, मालिकाकी मनरुपा पुन, चमु पुन, मंगलाकी युगकुमारी सेन, धवलागिरीकी रामदेबी पुन, खसआर्य तर्फका सदस्यमा लक्ष्मीकुमारी केसी, आदिवासी जनजाती महिला सदस्य तुलसीदेबी पुर्जा र ललिता तिलिजा सर्वसम्मत भएका हुन्।
महाधिवेशन प्रतिनिधितर्फ दलित कोटामा यामबहादुर हर्मेल, श्रीलोकचन्द्र विश्वास विक र अपाङ्ग (अन्य) सुरेन्द्र खत्री चयन भएका छन्। दुई जना उपसभापतिमा डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधवप्रसाद रेग्मी, मिनबहादुर कार्की, कर्णबहादुर भण्डारी केबी र कमल छन्त्यालको उमेद्वारी परेको निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले बताए।
दुई जना सचिव पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन, दुई जना सहसचिबमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्यायको उमेद्वारी परेको छ। दुई जनाको कोटा रहेको बेनी नगरपालिकाबाट जिल्ला सदस्यमा सोमबहादुर हुमेन क्षेत्री, रुद्रप्रसाद शर्मा, लिलाबहादुर बानिया, एक जनाको कोटा रहेको रघुगंगाको अन्य सदस्यमा नरसिंहबहादुर खत्री र मनबहादुर शेरपुञ्जा, एक जनाको कोटा भएको अन्नपूर्णको जिल्ला सदस्यमा अमृत पाइजा, गमबहादुर फगामी पुन र रामबहादुर खड्काले मनोनयन दर्ता गरेका छन्।
एक जनाको कोटा रहेको मंगलाको अन्यतर्फका सदस्यमा पुस्करबहादुर पुन र मेखबहादुर बुढाथोकी, खसआर्य अन्यको एउटा जिल्ला सदस्यमा हेमबहादुर खत्री (गोपाल) र सम्मरबहादुर थापा, दुई जनाको कोटा रहेको आदिवासी जनजाती जिल्ला सदस्यमा सिंहबिर बुढाथोकी, पूर्णबहादुर तिलिजा पुन र बिलबहादुर फगामीले मनोनयन दर्ता गरेका छन्।
एक जना दलित सदस्यमा टंकप्रसाद नेपाली बुढाथोकी र बालकुमार लामिछाने, एक जना अल्पसंख्यक अपाङ्गता तर्फको सदस्यमा दिलिप गौचन, ज्ञान गिरी र अमृतमान शेरचनले मनोनयन दर्ता गरेका छन्।
४ जना महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि विमला गौचन, खिमाकुमारी पुर्जा, देबीकुमारी बुढा, कुशुम मल्ल क्षेत्री, धनकुमारी थापा, सुवा मल्ल, सिर्जना श्रेष्ठ र सुजता खत्रीले उमेद्वारी दर्ता गराएका छन्।
१० जना खुल्ला महाधिवेशन प्रतिनिधिमा राजेन्द्र श्रेष्ठ, शिव के.सी., चिरञ्जिबी शर्मा, उदिमबहादुर पुन, बिपिन खड्का, मुकुन छन्त्याल, जीवन कुमार मल्ल, मनमोहन बुढाथोकी छन्त्याल, रबिन्द्र गर्बुजा पुन, लालबहादुर थापा क्षेत्री (माइकल), श्रीप्रसाद रोकामगर, धनबहादुर छन्त्याल, बिरबहादुर बिश्वकर्मा (कमल), बिक्रम बोगटी, दिपेन्द्र शर्मा रिजाल, मानकाजी घिमिरे, रमेशकुमार श्रेष्ठ, रेशमबहादुर बानिया र नेत्रबहादुर महतले मनोनयन दर्ता गरेका छन्।
एक जना खसआर्य महिला महाधिवेशन प्रतिनिधिका लागि बिनाकुमारी खड्का र सुनिता भण्डारी खत्रीले उमेद्वारी दिएका छन्। २ जना अन्य महाधिबेशनका लागि बलभद्र ढकाल, चित्रबहादुर केसी, नारायणकुमार कार्की र निमल खत्रीले मनोनयन दर्ता गराएका छन्।
दुई जना आदिवासी जनजाति महिला महाधिवेशन प्रतिनिधिमा ओमकुमारी फगामी, पुनमकुमारी मगर खोरजा र केशमाया मगरले उमेद्वारी दर्ता गरेका छन्। ३ जना आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिका लागि भिमबहादुर रोका, बमबहादुर पुनमगर, दिपेन्द्र श्रेष्ठ (दिपु), दिपबहादुर छन्त्याल र अमृतकुमार श्रेष्ठले दाबी गरेका छन्।
एक जना दलित महिला महाधिवेशन प्रतिनिधिमा सम्झना परियार र मनकुमारी बिक, मुस्लिम अल्पसंख्यक एक जनाको कोटामा अञ्जित खान र स्टालिन शेरचनको उमेद्वारी परेको छ। सभापतिमा सर्वसम्मत भएपछि अन्त्य पदका आकांक्षीलाई ब्यवस्थापन गर्न नेताहरुलाई दबाब परेको छ।
यसअघि प्रदेशसभाको दुई वटै निर्वाचन क्षेत्र र चार वटा पालिका समितिमा सर्वसम्मत नेतृत्व चयन भएको थियो। बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन भएको थियो। ४५ मध्य बेनी नगरपालिका–५ र अन्नपूर्ण गाउँपालिका–६ को बाहेकको वडा कार्यसमिति पनि सर्वसम्मत चयन भएको थियो।