एमाले महाधिवेशन प्रतिनिधि छनौट : कैलालीमा विवाद

एमाले महाधिवेशन प्रतिनिधि छनौट : कैलालीमा विवाद

धनगढी : नेकपा एमालेले मंसिर १०–१२ मा गर्ने भनिएको महाधिवेशनका लागि सुदूरपश्चिममा १६४ जना महाधिवेशन प्रतिनिधिको छनौट गरेको छ । प्रदेश कमिटिले बुधबार पत्रकार सम्मेलन गरी सुदुरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनौट सकिएको जनाएको हो ।

एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहदुर थापाले सुदूरपश्चिममा ९ जिल्लाका १६ वटै निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनौट सकिएको बताए । ‘कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ र कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन भयो, बाँकी १४ निर्वाचन क्षेत्रमा सर्वसम्मत र सौहार्द रुपमा महाधिवेशन प्रतिनिधिहरु छनौट भएका छन्, 'प्रेस चौतारी नेपाल कैलाली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने ।

एमालेको संशोधित विधानमा हरेक निर्वाचन क्षेत्रका आधारमा १२ सय क्रियाशिल सदस्य संख्या भएमा एकजनाका दरले दुई महिलासहित पाँचजना र त्यसपछि हरेक ८ सय जनामा एकजना सदस्य चयन गर्ने प्रावधान छ । तर दलितका लागि भने हरेक पाँच सय क्रिायाशिलमा एकजनाका दरले महाधिवेशन प्रतिनिधि चयन गरिएका छन् ।

मजदुर, दलित, महिला र खुला गरी १६४ जना महाधिवेशन प्रतिनिधि छनौट भएका एमाले प्रदेश कमिटिले जनाएको छ । तर कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा भने महाधिवेशन प्रतिनिधिको छनौटमा विवाद देखिएको छ । सर्वसम्मत भनि छनौट गरिएका महाधिवेशन प्रतिनिधिहरु उपाध्यक्ष भीम रावल निकटका नेता कार्यकर्ताले नमाने पछि त्यहाँ विवाद भएको हो।

लम्कीचुहा नगरपालिकाका मेयर समेत रहेका महादेब बजगाईले अध्यक्ष रतन थापाले एकलौटी रुपमा सर्वसम्मत नगराएर प्रतिनिधि छनौट गरेको आरोप लगाएका छन । बजगाई उपाध्यक्ष भीम रावल निकट हुन्। पार्टी विभाजन अघि ओलीको विरोध गरेका नेता कार्यकर्तालाई महाधिवेशन प्रतिनिधिमा छुटाएको बजगाईसहितका नेता कार्यकर्ताको आरोप छ।

विभाजन अघि पार्टी अध्यक्ष ओलीलाई कारबाही गरेको घोषणा हुँदा खुसीयाली मनाउनेहरुलाई महाधिवेशन प्रतिनिधिमा ल्याउन कार्यकर्ताले नै नमानेको जिल्ला अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमै स्टाटस हालेका छन् ।

उनले मन एकतिर र शरीर अर्कोतिर भएर पार्टीमा घात गर्नेहरुलाई भने महाधिवेशन प्रतिनिधि बनाउन नसकिने स्टाटसमा उल्लेख गरेका छन् । त्यो क्षेत्र, उपाध्यक्ष भीम रावल निकटका एमाले नेता झपटबहादुर रावलको क्षेत्र हो।

त्यहाँ, समानान्तर प्रतिनिधि बनाउन उनीहरुले छुट्टै भेला डाँकेका छन्। तर एमालेका प्रदेश अध्यक्ष कर्ण थापाले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै, अब एमालेमा कुनै पनि गुट र समूह नरहेकाले पार्टीले सर्वसम्मत रुपमा गरेको निर्णय विरुद्ध कसैले लागेमा पार्टीको विधि विधान अनुसार कारबाही हुने बताए ।

'पार्टीभित्रका गुट उपगुट सकिएका छन्, कसैले गुट खडा गरेर पार्टीको सर्वसम्मतिको निर्णयविरुद्ध गएर महाधिवेशन प्रतिनिधि छनौट गरेमा विधि पद्धती अनुसार अनुशासनको कारबाही हुनेछ,' उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.