माओवादी केन्द्र मधेसमा एक नम्बर पार्टी हुन्छ : प्रचण्ड

माओवादी केन्द्र मधेसमा एक नम्बर पार्टी हुन्छ : प्रचण्ड

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली मधेश र राष्ट्र विरोधी खलनायक भएको बताएका छन्। महोत्तरीको रामगोपालपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधान संशोधन प्रस्ताव त्यतिबेला कसले पारित हुन दिएन तपाईंहरुलाई थाहा छ ? केपी ओली र उसले नेतृत्व गरेको नेकपा एमाले गुटले त्यो पारित हुन दिएन। एमाले गुट मधेश विरोधी, राष्ट्र विरोधी पार्टी हो। मधेश विरोधी पनि हो, राष्ट्र विरोधी पनि हो।’ 

मधेशी जनताको पक्षमा संशोधन प्रस्ताव पारित हुन नदिने सबैभन्दा ठूलो खलनायक केपी ओली रहेको प्रचण्डको भनाइ छ। 

उनले मधेशको अधिकारका लागि प्रधानमन्त्रीको हैसियतमा संविधान संशोधनको पक्षमा दुईपटक प्रस्ताव राखे पनि केपी ओली र एमाले गुटले पारित हुन नदिएको आरोप लगाए। उनले भने, 'ओली जस्ता खलनायकसँग मधेशबाट प्रतिनिधित्व गर्ने महन्थ ठाकुर र राजेन्द्र महतो मिले।  तर उनीहरु विदेशीले सिङ्गारेर पठाएका मान्छे रहेछन्।’

उनले जनसभाको उपस्थितिलाई सम्बोधन गर्दै प्रदेश २ मा माओवादी केन्द्र १ नम्बर पार्टी हुने बताए। ‘आजको जनसभालाई हेरेर आगामी निर्वाचनमा माओवादी केन्द्र प्रदेश २ मा पहिलो पार्टी हुने संकेत गरेको छ। मलाई त्यसमा कुनै शंका छैन’, उनले भने, 'मधेशी, दलित, मुस्लिम, जनजातीको अधिकार र पहिचानको सवाल र लडाइँमा माओवादी केन्द्रले पहिलोपटक लड्यो।’

प्रचण्डले आफूहरु जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन मार्फत लडेको बताए। उनले भने , 'माओवादी जनयुद्धपछि संविधानसभाको निर्वाचनको तयारी गर्दैगर्दा मधेशमा के मधेशी के पहाडी मधेशमा बस्ने आम जनतामा मधेशवादी प्रति एउटा ठूलो आकर्षण र लहर भएको छ। त्यो लहर हेरेर प्रतिक्रियावादी, दलाल, सामन्त, भ्रष्टहरु, घुसखोर र कमिशनखोरहरुलाई सह्य भएको थिएन।’

मधेशमा माओवादीको लहरले सबै वर्गका जनताको अधिकारका निमित्त लडेर आएको माओवादीको आकर्षण देशभित्रका प्रतिक्रियावादीहरुलाई मात्रै नभइ देशबाहिरका प्रतिक्रियावादीलाई पनि सह्य नभएको उनको आरोप छ। प्रचण्डले भने, ‘माओवादीलाई देखेर अतालिएकाहरुबाट ठूलो भ्रम छरियो, हामीमाथि ठुलो षडयन्त्र भयो। त्यो के थियो भने माओवादी पार्टी संघीयता र स्वायत्तताको नारा लिएर मधेश स्वायत्त प्रदेश बनाउने घोषणा सबैभन्दा पहिला गर्‍यो। त्यही पार्टीलाई मधेशविरोधी र संघीयताविरोधी भनियो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.