बालिकालाई यौन कार्यमा लगाउने खाजा घरका सञ्चालक पक्राउ

बालिकालाई यौन कार्यमा लगाउने खाजा घरका सञ्चालक पक्राउ

काठमाडौं : गुल्मी घर भइ हाल काठमाडौं कोटेश्वरमा नेवारी खाजा घर सञ्चालन गर्दै आएका नेत्रलाल ज्ञवाली मानव बेचविखन तथा ओसारपसार कसुरमा प्रक्राउ परेका छन्। उनले सञ्चालन गरेको खाजा घरमा काम दिने बहानामा बबरमहल बस्ने एक १६ वर्षीया बालिकालाई जबरजस्ती यौन कार्यमा लगाएका थिए। 

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता अनुराग द्विवेदीका अनुसार ज्ञवालीले ती बालिकालाई गत वैशाखदेखि होटलमा बन्धक बनाइ गाली गलौच तथा धम्की दिएर यौन सम्बन्ध राख्न लगाउँथे। होटल छेउमा रहेको कोठामा तथा वरिपरिका अन्य होटलमा समेत गएर यौन सम्बन्ध राख्न लगाउथे। बालिका पटक-पटक घर जान प्रयास गरिरहँदा पनि जान नदिइ ज्ञवालीले प्रत्येक दिन ३ देखि ५ जना परपुरषसँग सम्बन्ध राख्न लगाइ यौन कार्य सञ्चालन गर्दै आएका थिए। 

प्रहरी चेकिङ आएको बेलामा आफ्नै मन्जुरीले होटलमा खाना पकाउन, भाँडा माझ्न आएका हौं भनी भन्न लगाउँथे। विशेष सुचनाका आधारमा ब्युरोबाट गएको टोलीले उक्त बालिकालाई गत भदौ २५ मा खाजा घरबाट उद्धार गरेको हो। 

गुल्मी लिम्घा ४ सत्यवती घर भइ हाल ललितपुर इमाडोम बस्ने ज्ञवालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले यही कार्तिक १७ गते प्रक्राउ गरेको हो। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार अनुसन्धान भैरहेको द्विवेदीले जानकारी दिए। जिल्ल अदालतबाट म्याद थप गरि उनीविरुद्ध अनुसन्धान भैरहेको छ। घटनामा संग्लन अन्य प्रतिवादीको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.