यसकारण यी मोडेलले गरे ९ जना महिलासँग विवाह

यसकारण यी मोडेलले गरे ९ जना महिलासँग विवाह

साओ पाउलो: सधैं चर्चामा रहने ब्राजिलियन मोडलले ९ जना महिलासँग विवाह गरेका छन्। एजेन्सीहरुका अनुसार आर्थर ओ उर्सो नामका मोडलले ९ जना महिलाहरुसँग विवाह गरेका हुन्।

उनले 'फ्रि लभ' नारालाई प्रवर्द्धन गर्न उनीहरुसँग विवाह गरेका हुन्। विवाह समारोह साओ पाउलो सहरको एक चर्चमा भएको बताइएको छ। 

उनले स्वतन्त्र प्रेम र एक विवाहको विरोध गर्दै औपचारिकरुपमा ती महिलाहरुसँग विवाह गरेका हुन्। यसअघि उनले पहिलो श्रीमती लुआनासँगको नग्न तस्बिर सार्वजनिक गरी चर्चामा आएका थिए। हनिमुनका क्रममा उनीहरुले नग्न तस्बिर सार्वजनिक गरेका थिए।

उनीहरुले विश्वका धेरै पर्यटकीय क्षेत्रमा गएर नग्न तस्बिर सार्वजनिक गरिसकेका छन्। त्यस्तै उनकी श्रीमती लुआनाले आर्थरलाई कुकुरको भेषमा रेल्वे स्टेशनको परिक्रमा गराएकी थिइन्।

यी मोडलले विभिन्न हर्कतको माध्यमबाट आफू सधैं इन्टरनेटमा छाइरहने गरेको एजेन्सीहरुले उल्लेख गरेका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.