पाकिस्तानमा नयाँ कानुन : बलात्कारीलाई आजीवन ‘नपुंशक’ बनाइने

पाकिस्तानमा नयाँ कानुन : बलात्कारीलाई आजीवन ‘नपुंशक’ बनाइने

इस्लामावाद : पाकिस्तानमा बलात्कारीविरुद्ध नयाँ कानुन पास भएको छ। बुधबार संसदबाट पास भएको कानुनअनुसार बलात्कारीलाई अब रसायनिक बन्ध्याकरण गरिनेछ।

रोयटर्समा प्रकाशित समाचारअनुसार ‘केमिकल क्यास्ट्रासन’ गरेर बलात्कार गरेको पुष्टि भएका व्यक्तिलाई ‘आजीवन शारीरिक सम्बन्ध राख्न नसक्ने’ गरी अदालतले औषधी प्रयोग गर्न आदेश दिन सक्नेछ। अदालतको आदेशअनुसार तोकिएको मेडिकलले औषधी सिफारिस गर्नेछ।

गत वर्ष प्रधानमन्त्री इमरान खानले बलात्कारीविरुद्ध नयाँ कानुन ल्याउने बताएका थिए। सोहीअनुरुप उनले ल्याएको विधेयकलाई संसदले पास गरेको हो।

पाकिस्तानमा थुप्रै बलात्कारका घटना भएपनि अदातलको कठघरामा ३ प्रतिशत मात्र पुग्ने गरेको एक सामाजिक संस्थाको अध्ययनले देखाएको छ। पछिल्लो समय एमनेस्टी इन्टरनेशनलले पनि बलात्कार गर्नुका कारणबारे अध्ययन गरिरहेको बताइएको छ।

पाकिस्तान संसदले पास गरेको आजीवन नपुंशक बनाउन पाउने कानुन पोल्यान्ड, दक्षिण कोरिया, चेक रिपब्लिक तथा अमेरिकाका केही राज्यहरूले यसअघि नै लागू गरेका छन्।

के हो ‘केमिकल क्यास्ट्रासन’ ?
यो एक प्रकारको उपचार पद्धति हो। विशेषगरी क्यान्सरका बिरामीको उपचारका लागि यो प्रयोग गरिन्छ। यसले यौन क्रियाकलाप तथा यौनेच्छा घटाउँछ। औषधी प्रयोग गरेर गरिने यो उपचार पद्धतिबाट कुनैकुनै अंगले आजीवन कार्य गर्न नसक्ने पनि हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.