एमाले नेता रघुविर महासेठविरुद्ध प्रदर्शन

एमाले नेता रघुविर महासेठविरुद्ध प्रदर्शन

जनकपुरधाम: नेकपा एमालेका स्थायी समिती सदस्य रघुवीर महासेठविरुद्ध प्रदर्शन भएको छ। नेकपा एमालेको महाधिवेशनलाई मध्यनजर गर्दै भएको महाधिवेशन प्रतिनिधिमा अलोकतान्त्रिक प्रक्रियाबाट छनोट गरिएको भन्दै एमाले नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा उनीविरुद्धमा प्रदर्शन गरेको हो।

महासेठको गृह जिल्लासमेत रहेको धनुषामै मनोमानी ढंगले स्वच्छाचारी किसिमले महाधिवेशन प्रतिनिधि छनौट गरेको भन्दै असन्तुष्टी जनाउँदै महासेठ गद्धार भन्दै उनको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको हो। शनिबार असन्तुष्ट पक्षहरुले जनकपुरधामको नगर परिक्रमा गर्दै उनीविरुद्ध प्रदर्शन गरेको छन्।

एमालेका प्रदेश २ का प्रमुख सचेतक किशोरी साहको अगुवाईमा जनकपुरधामको नगर प्रदर्शन गर्दै महासेठ विरुद्धमा नारावाजी सहित प्रदर्शन गरिएको छ। प्रमुख सचेतक किशोरी साहले महाधिवेशन प्रतिनिधि छनौटमा धनुषामा स्थायी समिति सदस्य रघुवीर महासेठले गुटबन्दी गरेकाले उनको विरुद्धमा बाध्यतावश आन्दोलनमा उत्रिनु परेको बताए।

उनले भने, ‘रघुवीर महासेठले पार्टीमा गुटबन्दी गरिरहेको छ, आफ्नो आसोपासे तथा नाताबाद कृपावादमा लागर आफ्ना नातागोतालाई प्रतिनिधि बनाउँदै छ, त्यसैको बिविरुद्धमा बाध्य भएर हामी सडकमा आएका हौं।’

रघुवीर महासेठले एमालेका प्रमुख सचेतक किशोरी साह र माओवादी केन्द्रबाट एमालेमा रहेका शिला यादव, श्रीलाल महासेठ, फरमुद नदापलगायतकालाई बेवास्ता गर्दै एक्लौटी ढंगले मनोमानी निर्णय गरेको भन्दै त्यसको विरुद्धमा नगर प्रदर्शन गरेको असन्तुष्ट पक्षहरुको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.