एमाले महाधिवेशनमा विदेशका ६० पार्टीलाई निम्तो, को कहाँबाट आउँदैछन्

एमाले महाधिवेशनमा  विदेशका ६० पार्टीलाई निम्तो, को कहाँबाट आउँदैछन्

काठमाडौं : एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन विभिन्न देशका ६० पार्टीका प्रतिनिधि आउने भएका छन्। 

एमालेसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका देशका पार्टीका प्रतिनिधि आउने अतिथि सत्कार संयोजक एवं विदेश विभाग प्रमुख राजन भट्टराईले बताए। भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी लिबरेसन पार्टीका प्रतिनिधि आउने भट्टराईले जनाए। कोरोनाका कारण चिनियाँ कम्युनिष्ट पार्टीले भने शुभकामना सन्देश मात्रै पठाउने छ। 

भट्टराईले भने, ‘कोरोनाको महामारीबाट विश्व मुक्त हुन सकेको छैन। त्यसैले अन्तर्राष्ट्रिय पाहुनाको संख्या तुलनात्मक रूपमा कम हुने आंकलन गरेका छौं।’ बंगलादेशको कम्युनिष्ट पार्टी अफ बंगलादेश, रिभोलेसनरी वर्कर्स पार्टी र श्रीलंकाको जेभीपी पार्टीका प्रतिनिधि आउने छन्। त्यस्तै, कम्बोडियाको सत्तासिन कम्बोडियन पिपुल्स पार्टी, फ्रेञ्च कम्युनिष्ट पार्टी, टर्कीको वामपन्थी पार्टीका प्रतिनिधि आउने खबर पठाइसकेको भट्टराईले बताए। कोरोना संक्रमण बढेका कारण युरोपियन पार्टीहरूले भने सन्देश पठाउने कुरा गरेको भट्टराईले बताए। ‘दक्षिण एसियाका अरू रुलिङ पार्टीहरूलाई पनि हामीले निम्ता गरेका छौं,’ भट्टराईले भने, ‘उहाँहरूलाई सकेसम्म प्रतिनिधि पठादिन आग्रह गरेका छौं, त्यो सम्भव नभए सन्देश पठाउनु भनेका छौं।’ 

नर्थकोरिया पार्टीले पनि शुभकामना सन्देश पठाउने जानकारी दिएको छ। भियतनाम र लाओसले प्रतिनिधि वा सन्देश पठाउने भन्ने टुंगो भइसकेको छैन। ‘क्युवालाई पनि निम्तो दिएका छौं। अहिलेसम्म बेल्जियमबाट शुभकामना सन्देश प्राप्त भएको छ। आयरल्यान्डबाट शुभकामना सन्देश प्राप्त भएको छ। जर्मनी र रसियाका तीन पार्टीले सन्देश पठाउने भन्नुभएको छ,’ उनले भने।  

अतिथिहरू मंसिर ९ गतेसम्म काठमाडौँ आइपुग्ने उनले बताए। १० गते बिहान चितवन जानेछन्। ११ गते साँझ विदेशी पाहुनाका लागि सम्मानका लागि अध्यक्ष केपी शर्मा ओलीले रात्री भोजको आयोजना गरेका छन्। भट्टराईले भने, ‘त्यसपछि सौराहामा दृश्यावलोकनको पनि व्यवस्था गरिनेछ। जंगल सफारीको पनि योजना छ।’  

एमालेले एकीकृत समाजवादीलाई भने निम्ता नगरेको संयोजक भट्टराईले बताए। संसद्मा रहेका सात दललाई पनि उद्घाटन सत्रमा निम्ता गरिएको छ। संसदीय दलका उपनेता सुवास नेम्वाङ र भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे, राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलाई महाधिवेशनमा निमन्त्रणा गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.