लकडाउनविरुद्ध भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप

लकडाउनविरुद्ध भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप

नेदरल्याण्ड : कोरोना भाइरस नियन्त्रणका लागि नेदरल्याण्ड्समा लागू गरिएको लकडाउनका विरुद्ध सर्वसाधारण सडकमा उत्रिएका छन् । उनीहरुले सरकारले लागू गरेको लकडाउनविरुद्ध सडकमा प्रर्दशन गर्दै आएका छन् ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेको छ। हेगमा भएको प्रर्दशनमा प्रर्दशनकारीले प्रहरीमाथि आगो फालेका थिए। उनीहरुले साइकल समेत जलाइदिएको अलजजीरामा खबर छ । प्रर्दशन हिसात्मक हुँदै गएपछि प्रहरीले गोली समेत चलाएको थियो ।

अस्ट्रिया, क्रोएशिया इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। विश्व स्वास्थ्य संगठनले युरोपमा कोरोना भाइसरको संक्रमणको जोखिम बढेको भन्दै चेतावनी दिइरहेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्व स्वास्थ्य संगठनले खोप र मास्कालाई अनिवार्य गर्नुपर्ने भन्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.