काभ्रेमा टिपर आतंक रोक्न सडकमा विद्यार्थी

काभ्रेमा टिपर आतंक रोक्न सडकमा विद्यार्थी

काभ्रे : काभ्रेमा पछिल्लो समयमा टिपर आतङक बढ्दै गएको छ। दैनिक रुपमा एक हजारको हराहरीमा टिपर गुढ्ने गरेको छ। काभ्रेबाट उपत्यका छिर्ने धेरै जसो टिपरले ट्राफिक नियमसमेत पालन गरेको पाइँदैन। 

जिल्लामा गुढ्ने टिपरले ट्राफिक नियम नै उल्लङ्घन गरे पनि जिल्ला ट्राफिक प्रहरी भने नदेखेझैं गर्दै आएको स्थानीयको गुनासो छ। ओभरलोड, टिपरबाट राजमार्गमा पानि चुहाउने, प्रेसर हर्न बजाउँदै ध्वनी प्रदुषण गर्दै आए पनि ट्राफिक प्रहरी काभ्रे भने अगाडीबाट ओभरलोड बोकेर टिपर कुदे पनि मौन बसिरहेको रहेको स्थानीय बताउँछन्। 

पछिल्लो समय काभ्रेको पनौतीमा मंसिर ३ गते दिउँसोको समयमा बा ३ क १८४७ नम्बरको टिपरले बाटोमा हिंडिरहेको एक वृद्धलाई ठक्कर दिएको थियो। वृद्धलाई ओभरलोड तीव्र गतिमा हिंडिरहेको टिपरले ठक्कर दिएर भागेको थियो। घाइते वृद्धको हाल काठमडौंमा थप उपचार भइरहेको छ। टिपरको ठक्करबाट घाइते पनौती नगरपालिका वडा नं ८ का स्थानीय मधुसुदन केसीको होस खुल्न सकेको छैन। 

वृद्धको उपचारसँगै पनौतीका स्थानीयले टिपरको ज्यादतीविरुद्ध ३ गते दिउँसोदेखि टिपर चल्न दिएका छैनन्। ४ गते पनि पनौतीका स्थानीयले सडकमा टायर बालेर विरोध गरी आन्दोलन गरेका थिए। अहिले उक्त क्षेत्रमा कुनै पनि टिपर सञ्चालन हुन सकेको छैन।  

आइतबार पनौतीका स्थानीय, विद्यार्थी लगायतले टिपरको ज्याततीविरुद्ध पनौती नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन्। विद्यार्थीले टिपर सञ्चालनको लागि वैकल्पिक व्यवस्था गर्नु पर्ने विद्यालयको समयमा टिपर सञ्चालनमा रोक लगाउनु पर्ने मागसहति प्लेकार्ड बोकेर नगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन्। 

विद्यालयको समयमा समेत टिपर तीव्र गतिमा सञ्चालनमा आएको भन्दै विद्यालय व्यवस्थापन समिति र स्थानीयले नगरपालिमा ज्ञापन पत्र बुझाएको शिक्षक रामचन्द्र थापाले जानकारी दिए। टिपरको वैकल्पिक मार्ग र टिपरको विकल्पको माग गरिएको थापाले बताए। विद्यालय क्षेत्र र समयमा टिपर रोक्नुपर्ने, प्रेसर हर्न निषेध क्षेत्र घोषणा गर्नु पर्ने मागसहित ज्ञापन बुझाएको शिक्षक थापाले जानकारी दिए। 

विद्यार्थी, शिक्षक र स्थानीयले बुझाएको ज्ञापन पत्र बुझ्दै पनौती नगरपालिकाका अधिकृत इन्द्र अधिकारीले खानी क्षेत्रको प्रभावमा रहेको क्षेत्रमा नगरपालिकाले गम्भीरतापूर्वक हेरिरहेको जानकारी दिए। नगरपालिकाले छिटै टिपर संघ र सरोकार निकायसँग छलफल गरेर टिपर सञ्चालनको लागि वैकल्पिक मार्ग बारे  सोच्ने अधिकृत अधिकारीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.