मावोजो ग्याङले दुई अमेरिकी छोड्यो, १५ जना अझै बन्धक
हाइटी : हाइटीमा अपहरणमा परेका १७ मिसनरीहरुमध्ये दुई जना अमेरिकी रिहा भएका छन्। गत महिना मावोजो नामक ग्याङले हाइटीबाट १६ अमेरिकी र एक क्यानेडियनलाई अपहरण गरेको हो।
गत महिना हाइटीमा अपहरण गरिएका १७ क्रिस्चियन मिसनरीहरूमध्ये दुई जनालाई रिहा गरिएको अमेरिकास्थित चर्च संगठनले जनाएको छ। अपहरण परेकामध्ये दुई जनालाई रिहा गरेको अमेरिकी प्रहरीलाई उदृत गर्दै अलजजीरामा समाचार छ। दुई जनालाई रिहाइ गरेकोप्रति चर्च संगठनहरुले खुशी व्यक्त गरेका छन्। उनीहरुले भनेका छन, ‘बाँकी १५ जनाको पनि स्वागत गर्न हामी आतुर छौँ।’ उक्त ग्याङले सुरुमा बन्दी बनाइएकाहरुलाई मुक्त गर्न प्रतिव्यक्ति १० हजार अमेरिकी डलर माग गरेका थियो।
इसाई धर्मको प्रचारमा पोर्टउ–प्रिन्सबाहिर ग्रामीण क्षेत्र जाने क्रममा उनीहरू गत महिना अपहरणमा परेका थिए। अपहरण परेकामध्ये आठ महिने शिशुसहित पाँच जना बालबालिका रहेका छन्। इसाई धर्मका प्रचारकहरू अपहरणमा परेपछि अक्टोबर १८ मा हाइटीका मजदुरहरूले असुरक्षा भएको भन्दै प्रदर्शनसमेत गरेका थिए। विभिन्न ग्याङहरूको हिंसात्मक गतिविधिले सुरक्षा महसुस नभएको भन्दै उनीहरूले आन्दोलन गरेका थिए।