बस दुर्घटनामा सात आप्रवासीको मृत्यु, दुई नेपालीसहित आठ गम्भीर
ग्रीस : उत्तरी ग्रीसमा बस दुर्घटना हुँदा सात आप्रवासीको मृत्यु भएको छ । दुई नेपालीसहित ८ जना गम्भीर घाइते भएको डेली मेलमा समाचार छ । उत्तरी ग्रीस र टर्कीको सीमा क्षेत्रमा उक्त बस दुर्घटना भएको समाचारमा उल्लेख छ ।
उनीहरु ग्रीसको थेसालोनिकीतर्फ गइरहेको थियो । नेपालीसहित १५ जना आप्रवासीहरु उक्त बसमा सवार थिए । युरोपेली मुलुक छिराउन मानव तस्करले उनीहरुलाई त्यहाँ पुर्याएको हुनसक्ने बताइएको छ ।
तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको हुनसक्ने स्थानीय प्रहरीले बताएको छ। घाइतेहरु पाकिस्तानी, अफगानी र नेपाली रहेका छन् ।