एनआरएनएलाई परराष्ट्रको धक्का

एनआरएनएलाई परराष्ट्रको धक्का

काठमाडौं : गैरआवासीय नेपाली संघको नयाँ तोकिएको निर्वाचन फेरि अन्योलमा परेको छ । परराष्ट्र मन्त्रालयले संघलाई पत्र पठाएर निर्वाचनको जिम्मा संरक्षक समितिलाई दिन संघलाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले ६५ प्रतिशत प्रतिनिधि छनोटको अधिकार नयाँ कार्यसमितिलाई दिन निर्देशन दिएको छ । संघको विधानमा ६५ प्रतिशत अघिल्लो कार्यसमितिले नै छनोट गर्ने प्रावधान छ ।

 संघको विधान मर्मभन्दा बाहिर गएर परराष्ट्र मन्त्रालयले पत्राचार गरेकाले कानुनी बाटो खोज्नुपर्ने अवस्था आएको प्रवक्ता क्षेत्रीले बताए । संघको कार्यसमितिले केही दिनअघि डिसेम्बर १५ मा निर्वाचनको मिति तोकेको थियो । डिसेम्बर १९ र २० मा विश्वज्ञान सम्मेलन गर्ने घोषणा गरेको थियो । परराष्ट्र मन्त्रालयको चिठी आएसँगै संघमा नयाँ तरंग छाएको छ ।

यसअघि परराष्ट्रले ६५ प्रतिशत प्रतिनिधि कसले छान्ने भन्ने विषयमा प्रश्न उठाएको थियो । यसयअघि मन्त्रालयले सुरुमा अनुगमन नहुँदासम्म चुनाव रोक्न र त्यसपछि आन्तरिक विवाद आफै मिलाउन संघलाई पत्राचार गरेको थियो । मन्त्रालयले पटकपटक संघलाई पत्राचार गर्दै निर्वाचनमा अवरोध सिर्जना गरिरहेको छ ।

परराष्ट्रको पत्रपछि एनआरएनएले आन्तरिक छलफल थालेको छ । प्रतिनिधि छनोट गर्ने क्रममा ६५ प्रतिशत एनसीसीमा काम गरीसकेका वा एनसिसीको तर्फबाट केन्द्रमा प्रतिनिधित्व गरिसकेकोबाट प्रतिनिधि निर्वाचन पूर्व नै छानिनु पर्ने नयाँ प्रावधान छ ।

त्यस्तै २५ प्रतिशत एनसीसीको निर्वाचनमै निर्वाचित हुनुपर्ने, १० प्रतिशत युवा, महिला, दोश्रो पुस्ता, विज्ञ–पेशागत वा विषेश योगदान दिएकाहरुबाट कार्यसमितिको सिफारिसमा निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । जनवरी अन्तिममा भएको विशेष महाधिवेशनले उक्त प्रस्ताव पारित गरेको थियो । ६५ प्रतिशत प्रतिनिधि कसले छान्ने भन्ने विषय नै विवादमा परेको थियो ।

विधानमा पूरानै कार्यसमितिले छान्ने व्यवस्था भएपनि नयाँ नेतृत्वले छान्न पाउनुपर्ने  असन्तुष्ट पक्षले बताउँदै आएका थिए । मन्त्रालयले विधानविपरित असन्तुष्ट पक्षकै भावना सम्बोधन हुनेगरी ६५ प्रतिशत प्रतिनिधि नयाँ कार्यसमितिले छनोट गर्न भनेको हो ।

प्रतिनिधि चयनमा धाँधली भएको भन्दै कुल आचार्य पक्षले मन्त्रालयमा उजुरी दिएका थिए । नयाँ नेतृत्वका लागि आचार्य, बद्री केसी र रविना थापाबीच प्रतिष्पर्धा हुने भनिए पनि निर्वाचन अन्योल भइरहेको छ । आचार्यले सत्ताको दुरुपयोग गरी विधान विपरित हस्तक्षेप निम्त्याएको संस्थापन पक्षको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.