एकीकृत भन्सार जाँच चौकीका श्रमिकले गरे आन्दोलनको घोषणा

एकीकृत भन्सार जाँच चौकीका श्रमिकले गरे आन्दोलनको घोषणा

विराटनगर : एकीकृत भन्सार जाँच चौकी विराटनगर १८ मा कार्यरत श्रमिकले ९ सुत्रीय माग अघि सार्दै आन्दोलनको घोषणा गरेका छन् ।समाजवादी कारखाना श्रमिक संघ एकीकृत भन्सार जाँच चौकी विराटनगर १८ को अगुवाइमा श्रमिकहरुले आन्दोलनको घोषण गरेका हुन् ।

कामदार तथा कर्मचारीलाई काममा नियमित गर्नुपर्ने , कामदार तथा कर्मचारीलाई सात लाख बराबरको बीमा गर्नुपर्ने, ठेकेदारी प्रथा अन्त्य गर्नुपर्ने, विदेशी कामदार तथा कर्मचारीलाई श्रम स्वीकृत लिइ मात्र काममा लगाउनुपर्ने व्यवस्था गर्नुपर्ने, एक महिना बराबरको चाडपर्व खर्च प्रत्येक वर्ष दिनुपर्नेलगायतका ९ बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेको हो।

कार्यरत श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६को उपदफा (१)को (क) ,(ख) ,(ग) र उपदफा(२)अनुसार ९ सुत्रीय माग अघि सारेको र पुरा नभएसम्म भन्सार क्षेत्र पूर्णरुपमा बन्द गर्ने जनाएको छ ।

एकीकृत भन्सार जाँच चौकीको मूल गेटमा नै पत्रकार सम्मेलनको आयोजना गरेर मंसिर १२ देखि नै अनिश्चितकालिन हड्ताल गरिने समाजवादी कारखाना श्रमिक संघ एकीकृत भन्सार जाँच चौकीका इकाइ अध्यक्ष शम्भुकुमार यादवले जानकारी दिए ।

समाजवादी कारखाना श्रमिक संघका प्रदेश १ अध्यक्ष मो नसरुलले आफूहरुले अघि सारेको माग सम्बोधन गराउन व्यवस्थापन वा संचालक पक्षबाट कुनै चासो नदिएपछि फागुन १९ गते त्रिपक्षीय वार्ताद्वारा समाधान गर्न श्रम तथा तथा रोजगार कार्यालय विराटनगरमा निवेदन दिँदा पनि वेवास्ता भएपछि आन्दोलनमा उत्रिएको बताए।

श्रम तथा रोजगार कार्यालयले चैत्रमा दुईपटक वार्ता गराउँदा उद्योग तथा वाणिज्य मन्त्रालयको प्रतिनिधिको रोहवरमा वार्ता बस्ने सहमति भएपनि मन्त्रालयका प्रतिनिधि नआउँदा श्रमिकको समस्या समाधान हुन नसकेको उनले जानकारी दिए ।

त्यहाँ काम गर्न ट्रान्स नेपालले कार्ड दिने गरेको छ । श्रमिकहरुले श्रम ऐनअनुसार सेवा र सुविधाको ताकेता गर्दा पछिल्लो समय ट्रान्स नेपाल आफ्नो कामदार नभएको भन्दै पन्छिन खोजेको श्रमिकको आरोप छ ।

त्यहाँ नेपाल र भारत करिब ३ सय श्रमिक कार्यरत छन् । भारतीय श्रमिकले श्रम स्वीकृति नलिइ काम पाउँदै आएका छन् । ट्रान्स नेपालले मालवाहक गाडीको लोड र अनलोड गर्दा लिने पैसा समेत श्रमिकलाई थाहा नदिइ काममा लगाउँदै आएको उनीहरुको आरोप छ।

ट्रान्स नेपालका मुकेश राठीसँग यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । समाजवादी कारखाना श्रमिक संघले आन्दोलन गर्न लाग्दा ट्रान्स नेपालले मजदुरलाई दिएको कार्ड समेत खोस्ने गरेको र आन्दोलन गरे काम गर्न नदिने धम्की दिने गरेको जनाएको छ।

स्थानीय युवा अगुवा दिनेश यादवले जग्गा दिने बेला भएको सम्झौतालाई समेत एकृकीत भन्सार जाँच चौकीले वेवास्ता गरेको बताए। जग्गा दर्तालाई रोजगारी दिनुपर्नेलगायतका सुविधा दिइने सम्झौता विपरित श्रमिकरुपमा कार्यरत स्थानीयलाई श्रम शोषण गर्न लागेकाले आन्दोलनमा जानु परेको बताए  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.