रुपन्देहीमा स्थगित भयो कांग्रेस निर्वाचन

रुपन्देहीमा स्थगित भयो कांग्रेस निर्वाचन

भैरहवा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत प्रतिनिधिसभामा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन स्थगित भएको छ।

गत शुक्रबार महाधिवेशन अन्तरगत रुपन्देही ३ (क) को प्रदेश स्तरीय निर्वाचनमा देउवा पक्षका कार्यकर्ताले प्रहरीको उपस्थितिमा पौडेल पक्षका कार्यकर्तामाथि आक्रमण गरेका थिए। आक्रमणबाट एकजना घाइते भइ अस्पतालमा उपचार भइरहेको छ।

रातीको समयमा पौडेल पक्षका कार्यकर्तामाथि आक्रमण हुँदा मतगणना स्थलमा सुरक्षाका लागि इन्सपेक्टरको नेतृत्वको टोली फिल्ड छाडेर एकीकृत भइ कोठामा गएर बसेका थिए। आक्रमणपश्चात् घाइतेलाई अस्पताल लगेपछि मात्र प्रहरीको टोली कोठाबाहिर निस्किएको थियो। उक्त आक्रमण प्रहरीले रोक्न सक्ने अवस्था रहे पनि प्रहरीले रोक्न नचाहेको प्रत्यक्षदर्शी बताउँछन्। आक्रमणपश्चात् पौडेल पक्षले प्रहरीमा सम्पर्क गरे पनि रुपन्देही प्रहरीले वास्ता नगरेको पौडेल पक्षको दावी छ। संगठन नीतिअनुसार रुपन्देही प्रहरी चल्न नसक्दा रुपन्देहीमा प्रहरीप्रतिको विश्वास गुम्दै गएको छ।

महाधिवेशन अन्तरगत रुपन्देही–३ को निर्वाचनमा मतदान प्रक्रिया अबेर रातीसम्म हुने भएकोले मतदाता र मतपत्रको असुरक्षाका कारण स्थगित गर्नु परेको कांग्रेस रुपन्देही–३ का क्षेत्रीय सभापति मातृकाप्रसाद यादवले बताए।

निर्वाचन समितिले तोकिएको समयमा निर्वाचन सुरु नगराइ ढिलाइ गरेको र सुरक्षाकर्मी सुरक्षाका लागि खटिए पनि आफूहरुको पक्षलाई सुरक्षा प्रदान नगर्ने हुँदा रातिको समयमा हुने निर्वाचनमा मतदाताले असुरक्षित महसुस गरेकोले सहभागी नभएको पौडेल पक्षले बताएको छ।

‘अस्ति राती हाम्रो कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले रोक्नै चाहेन, आज फेरी मतदान गर्दा राती हुन्छ’, यादवले भने, ‘प्रहरी हाम्रो सुरक्षाका लागि त्यहाँ छैन, त्यसैले साथीहरुको सल्लाहअनुसार रातीको निर्वाचनमा भाग नलिएको र बिहानको समयमा भाग लिने हाम्रो भनाइ हो।’

निर्वाचनका लागि संस्थापनपक्ष इतर उमेद्वार तथा प्रतिनिधिहरुले मंगलबार मात्रै मतदान गर्ने अडान लिएका थिए भने संस्थापन पक्ष सोमबार (आजै) मतदान अघि बढाउने अडानमा थिए।

‘माथिको आदेश’ले अर्को सूचना नआएसम्मका लागि निर्वाचन स्थगित गरिएको रुपन्देही–३ का मतदान अधिकृत जिवनारायण अधिकारीले बताए।

उनले तोकिएको समयमा निर्वाचन सुरु गराउन नसकेको स्विकार गर्दै मतपत्र छाप्न ढिलाइ भएकोले मतदान प्रक्रिया ढिला हुन पुगेको बताए। उनका अनुसार दुवै पक्षलाई मुचुल्कामा सही गराएर मतदान प्रक्रिया सुरु भएर ५० मत खसेको थियो। तर, पौडेल पक्ष सहभागी नहुँदा निर्वाचन स्थगित गरिएको छ।

निर्वाचनमा भाग नलिँदा पार्टी कमजोर हुने भन्दै सहमती र सहाकार्य गरेर सबै अघि बढ्ने कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.