विद्रोहीको आक्रमणबाट कंगोमा २० जनाको मृत्यु
कंगो : पूर्वी कंगोमा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिका, महिला पनि रहेका छन् ।
मारिनेहरु सबै स्थानीय सर्वसाधारण हुन्। इटुरी प्रान्तको द्रोद्रो गाँउमा विद्रोहीहरुले आइतबार राती आक्रमण गरेको त्यहाँको सेनालाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यममा खबर छ।
कोडेको नामक विद्रोही समूहले उनीहरुमाथि आक्रमण गरेका थिए। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ। संयुक्त राष्ट्र संघका अनुसार सन २०१७ यता इटुरी प्रान्तमा कोडेको विद्रोहीको आक्रमणबाट सयौँ सर्वसाधारणले ज्यान गुमाएका छन्। हजारौं नागरिकहरु त्यहाँबाट विस्थापित भएको बताइएको छ।