कांग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत चयन

कांग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत चयन

जाजरकोट : नेपाली कांग्रेस जाजरकोटको जिल्ला सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार सम्पन्न जिल्ला अधिवेशनले सर्वसहमत नेतृत्व चयन गरेको हो । सिंहको नेतृत्वमा ३६ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो । सभापतिसहित सम्पूर्ण जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएका निर्वाचन अधिकृत शूर्यबहादुर शाहले बताए ।

जिल्ला उपसभापतिमा खड्क बीसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह नवनिर्वाचित भएका छन् । सह–सचिवमा खडक बुढा र छवि पन्त चएन भएका छन् । कोषाध्यक्ष निर्वाचित सदस्यबाट पछि मनोनित गर्ने बैधानिक व्यवस्था छ ।

त्यस्तै, तीन नगरपालिकाबाट तीनजना र चार गाँउपालिकाबाट दुईजनाका दरले १७ जना र समावेशी १२ गरि २९ सदस्यसमेत सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै २६ जना महाधिवेशन प्रतिनिधि र ११ जना महासमिति सदस्य समेत निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीलाई थप बलियो बनाउन सर्वसम्मत नेतृत्व चएन गरेको सभापति सिंहले बताए । पार्टीलाई बलियो बनाउन र गुटगत राजनीतिको अन्त्य गर्न सर्वसम्मत नेतृत्व चयन भएको सभापती सिंहको भनाइ छ । उनले भने,' सबैको आशा र भरोसालाई टुट्न दिनेछैन । कांग्रेसलाई नम्बर १ पार्टी बनाएर सबै तहको नेतृत्व कांग्रेसलाई दिलाउन अग्रसर रहनेछु । मलाई भरोसा गरेर सर्वसहमतीमा सभापति बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।'

सभापतिबाहेकका अन्य पदाधिकारी भने संस्थापन पक्ष र संस्थापनइतर समूहले बराबरी मत लिएका छन् । यस्तै दुईवटा प्रदेश निर्वाचन क्षेत्र रहेको जाजरकोटमा प्रदेश (क) को क्षेत्रीय सभापतिमा लीलाबहादुर शाह र (ख) मा जनक शर्मा न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस जाजरकोटले वडादेखि जिल्लासम्मका पदाधिकारी सर्वसम्मत चयन मात्र गरेन युवालाई स्थानसमेत दिएको छ । ‘पार्टीलाई शुद्धीकरण गर्न आवश्यक छ । अब पार्टी पुरानै शैली र पद्धतिबाट चल्दैन । नेतृत्वमा नयाँ पुस्ता, आजको आवश्यकता हो,' सचिव बस्तेतले भने । बस्नेले शीर्ष नेतृत्वलाई पनि गुटगत राजनीति अन्त्य गर्दै सर्वसम्मत नेतृत्व छान्न दबाब दिएको बताए।

जिल्लाको नेतृत्वमा अधिकांश युवा आएका छन् । महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा भने पुराना र सिनियर नेताहरुलाई ठाँउ दिइएको छ । त्यसैगरी नेपाली कांगेसको महासमिति सदस्य पदमा जाजरकोटबाट राजीवविक्रम शाह, दिपकजंग शाह, सनतकुमार कार्की, मुक्तिप्रसाद आचार्य, इलमबहादुर शाही, महेन्द्रबहादुर शाह, भुमिलाल रोकाय, मैना कार्की रावल, रामछाया शाही, गीता शाही र धर्म नेपाली गरी ११ जना निर्विरोध निर्वाचित भएका छन् ।

१४ औं जिल्ला अधिवेशनको निर्वाचनबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा राजीवविक्रम शाह, दिपकजंग शाह, सनतकुमार कार्की, मुक्तिप्रसाद आचार्य, इलमबहादुर शाही, महेन्द्रबहादुर शाह, सर्पराज रावत, बिनबहादुर सिंह, कालीबहादुर खत्री, रत्न अधिकारी, शेरबहादुर शाही, भुमिलाल रोकाय, मैना कार्की रावल, रामछाँया शाही, गीता शाही, धर्मबहादुर नेपाली, सरिता सिंह, लाली आरसी, पुष्पराज बस्नेत, खम्ब जंग शाह, देविका सिंह, सोना शाही, फणिन्द्र सुनार, हजारी नेपाली, जनकबहादुर बादी र याम बहादुर बस्नेत गरी २६ जनालाई निर्विरोध निर्वाचित भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.