बस दुर्घटनामा १२ बालबालिकासहित ४५ को मृत्यु
बुल्गेरिया : बुल्गेरियामा बस दुर्घटना र आगलागीमा परी १२ बालबालिकासहित कम्तीमा ४५ जनाको मृत्यु भएको छ । बुल्गेरियाको राजधानी सोफियाको दक्षिण–पश्चिमस्थित बोस्नेक गाउँमा सो दुर्घटना भएको हो ।
दुर्घटना भएको बस म्यासेडोनियामा दर्ता भएको र बसमा सवार यात्रु सोही देशका हुनसक्ने बीबीसीमा समाचार छ । दुर्घटनाको बारेमा स्थानीय सरकारले छानविन सुरु गरेको छ ।
बसमा आगो कसरी लागेको हो भन्नेबारे बुल्गेरियाको आन्तरिक मन्त्रालयले समेत छानविन सुरु गरेको छ। अधिकारीले आगो लाग्नुअघि बस राजमार्गमा ठोक्किएको हुनसक्ने बताएका छ । मृतक अधिकांशको शव जलेको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। म्यासेडोनियाका प्रधानमन्त्रीले बुल्गेरियाका समकक्षीसँग घटनाका बारेमा टेलिफोनमा कुराकानी गरेका छन्।