दैलेख : कांग्रेस चुनावमा आम निर्वाचनको झल्को

दैलेख : कांग्रेस चुनावमा आम निर्वाचनको झल्को

दैलेख : दैलेख सदरमुकामस्थित देवकोटा चोक वरिपरी पर्चा, पम्पेलेट र ब्यानरहरुले झकिझकाउ देख्न सकिन्छ । सोमबारदेखि नै झकिझकाउ बनेको देवकोटा चोकमा उम्मेदवारहरुको पर्चा र ब्यानर राख्ने होडबाजी नै चल्यो । यहाँ ठूला पोष्टर, पम्प्लेट र उम्मेदबारको उल्लेख्य तस्बिर प्रयोग भएका छन् । भीडभाड उत्तिकै छ ।

यो कुनै संसदीय निर्वाचन भने होइन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तरगर्त आज जारी प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्मको अधिवेशनको हो । तर, संसदीय निर्वाचनको झल्को दिने गरी उम्मेदबार मैदानमा उत्रिएका छन् ।

उम्मेदवारका पक्षमा बनाइएका ब्यानर, पोष्टरले मतदान क्षेत्र भरिएको छ । उम्मेदवार र उम्मेदवारका समर्थकहरु भोट मागिरहेका देखिन्छन् । कार्यकर्ताहरू छातीमा ब्यानर टाँसेर आफ्नो पक्षका उम्मेदवार जिताउन लागिपरेका छन्।

कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनअन्तरगर्त आज दैलेखका दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान जारी छ । दैलेख निर्वाचन क्षेत्र नंं. १ को दैलेख सदरमुकामस्थित नवनिर्मित कबर्ड हलमा मतदान भइरहेको छ ।

निर्वाचन क्षेत्र नं. २ को दुल्लुमा मतदान भइरहेको छ । प्रदेश निर्वाचन क्षेत्रमा भएको निर्वाचन सकिएलगत्तै भएको प्रतिनिधिसभा क्षेत्रमा जारी निर्वाचन खर्चिलो र भड्किलो देखिएको छ । यो अधिवेशनबाट क्षेत्रीय सभापतिसहित कार्यसमिति र केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि पनि चयन हुँदैछछन् । दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको दैलेखमा क्षेत्रीय सभापति तथा कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि दुईवटा समूह (कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल) चुनावी प्रतिष्प्रर्धामा उत्रिएका छन्।

पार्टीको आन्तरिक प्रतिष्पर्धामा पनि नेता र कार्यकर्ताहरुको तछाडमछाड देखिन्छ । यस्तो भड्किलो प्रतिष्पर्धा हुँदा सक्षम व्यक्ति नेतृत्वसम्म पुग्नै नसक्ने कांग्रेस कार्यकर्ता बताउँछन् । कतिपयले प्रचारको नाममा अनावश्यक खर्च गरेर आर्थिक भार बढाएको टिप्पणी पनि गरेका छन् । भड्किलो चुनावी प्रचार र चहलपहलले नै कांग्रेसलाई कमजोर पार्ने कतिपय कार्यकर्ताको चिन्ता छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.