सिन्धुलीमा बोलेरोले ठक्कर दिंदा एकको मृत्यु, विपि राजमार्ग अवरुद्ध

सिन्धुलीमा बोलेरोले ठक्कर दिंदा एकको मृत्यु, विपि राजमार्ग अवरुद्ध

सिन्धुली : सिन्धुलीमा कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । विपि राजमार्ग अन्तरगत कमलामाई नगरपालिका ८ कल्याणि मन्दिर नजिकै दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्राप्त जानकारी अनुसार ना ३६ प ५७९ नम्बरको मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । घटनापछि आक्रोशित भीडले मोटरसाइकललाई ठक्कर दिने बोलेरो आगो लगाएर जलाएका छन् भने विपि राजमार्ग अवरुद्ध पारेका छन् ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थलमा ठुलो संख्यामा स्थानीय र प्रहरी  उपस्थित छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.