राष्ट्रपति बन्न ९८ जनाको उम्मेदवारी, आतंकवादीको सूचीमा परे यी तीन नेता

राष्ट्रपति बन्न ९८ जनाको उम्मेदवारी, आतंकवादीको सूचीमा परे यी तीन नेता

अमेरिकाले इस्लामिक स्टेटका तीन जना नेतालाई आतंकवादी सूचीमा राखेको छ। अफगानिस्तानमा पछिल्लो समय आतंकवादी हमलाको क्रम बढेको छ। ती आक्रमणहरुको जिम्मेवारी इस्लामिक संगठन आइएसकेले लिएका छन्। 

अमेरिकाको विदेश मन्त्री एन्टनी ब्लिंकनले तीन नेतालाई वैश्विक आतंकवादीको सूचीमा राखेको जानकारी दिएका छन्।

उनका अनुसार संगठनका प्रमुख अमीर सनाउल्लाह गफ्फारी, प्रवक्ता सुल्तान अजीज आजम र काबुल प्रान्तका नेता मौलाव रजब रहेका छन्। उक्त संगठनमार्फत् उनीहरुले आतंकीय गतिविधि गरेको आरोप लगाइएको छ।

लिबियाको राष्ट्रपतीय निर्वाचनका लागि ९८ जनाको उम्मेदवारी दर्ता

लिबियाको निर्वाचन आयोगले मङ्गलबार दुई महिलासहित ९८ जना उम्मेदवारले डिसेम्बरमा तय भएको राष्ट्रपतीय निर्वाचनमा भाग लिन पाउने गरी उम्मेदवारी दर्ता गराएको छ। निर्वाचन आयोगका प्रमुख इमाद अल सायेहले त्रिपोलीमा भएको पत्रकार सम्मेलनमा भने, 'उम्मेदवार दर्ता मञ्चले शर्त पूरा गरेका ९८ जना उम्मेदवारको कागजात प्राप्त गरेको छ।'

सबैभन्दा बढी चर्चामा रहेका आकाङ्क्षीहरूमध्ये तत्कालीन शासक मोहमर कद्दाफीका छोरासेइफ अल–इस्लाम काद्दाफी र देशको पूर्व र दक्षिणका केही भागहरूको नियन्त्रणमा रहेको लिबियाली राष्ट्रिय सेनाका नेता खलीफा हफ्तार रहेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन्।

अन्य आकाङ्क्षीहरूमा संयुक्त राष्ट्रसंघको समर्थन रहेको संयुक्त सरकारका सरकारका प्रधानमन्त्री अब्दुलहामिद दबेबा र भूतपूर्व आन्तरिक मन्त्री फथी बाशाघा पनि रहेकोअ बताइएको छ। उम्मेदवारका रूपमा नेशनल मुभमेन्ट पार्टीका अध्यक्ष तथा संस्थापक ४६ वर्षीया लीला बेन खलीफा र सामाजिक विज्ञानका अनुसन्धानकर्ता हुनादा अल–महदी दुई जना महिला मात्र अघि बढेका छन्।

संयुक्त राष्ट्रसंघले सन् २०११ मा नेटोको सहयोगमा भएको विद्रोहमा पतन भएर काद्दाफीको हत्या भएदेखि तेल सम्पन्न राष्ट्रलाई प्रभावित बनाएको एक दशकको हिंसाको अन्त्य गर्ने प्रयास गर्दा यो सर्वेक्षण आएको हो।

अन्तिम उम्मेदवारको सूची १२ दिनभित्र प्रकाशित हुने बताइएको छ। एकपटक प्रमाणित र अपिल पूरा भएपछि आवेदन पेस गर्ने समय सीमा सकिएको सोहले बताए। आयोगले उम्मेदवारलाई निर्वाचन कानुन पालन गर्ने सुनिश्चित गर्न 'महाअभियोग, पासपोर्ट र राष्ट्रियता विभाग र जनरल इन्टेलिजेन्स'लाई कागजात दिन बताइएको छ। लिबियाका ७० लाखमध्ये २८ लाखभन्दा बढी मानिसहरूले मतदानको लागि आफ्नो नाम दर्ता गरेका छन् भने अहिलेसम्म १७ लाखभन्दा बढी मतदाताले आफ्नो मतदाता परिचय पत्र पाएका बताइएको छ।

अमेजन र एप्पललाई २० करोड युरो जरिवाना गरिने

इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड युरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ। इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा विक्री गर्ने बिक्रेताहरूलाई उक्त जरिवाना गरेको हो। इटालियाली यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख युरो र अमेजनलाई छ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो।

'एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक विक्रेतालाई तत्कालका लागि अमेजनमार्फत् काम गर्न पनि रोकेको छ। इटालीको बजारमा ती उत्पादनहरूको बिक्रीलाई केवल अमेजन र चयन गरिएका पक्षहरूलाई भेदभावपूर्ण ढंगमा अनुमति दिएको पुनः विक्रेतामाथि आरोप लागेको छ।

प्यालेस्टाइनप्रति रुसको अडान पूर्ववत रहेको पुटिनको भनाइ

प्यालेस्टाइनप्रति रूसको अडान नफेरिएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार आफ्ना प्यालेस्टिनी समकक्षी महम्मद अब्बासलाई बताएका छन्। उनले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को विगतका निर्णयका आधारमा सबै मुद्दा समाधान गर्नुपर्ने मस्कोको विश्वास रहेको बताए।

सोचीमा अब्बाससँगको भेटमा रूसी नेता पुटिनले भने, 'प्यालेस्टिनी समस्या समाधानका विषयमा रूसको अडान अपरिवर्तित रहेको छ। प्यालेस्टाइनको समस्या संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्तरमा भएका पहिलेका निर्णयहरू अनुरूप समाधान गर्नुपर्छ।'

त्यहाँ बस्ने सबै मानिसहरूको हितलाई ध्यानमा राख्ने न्यायोचित आधारमा समस्याहरू उत्पन्न हुन सक्ने भएपनि मस्कोले यस दिशामा काम गर्ने रूसी नेता पुटिनले बताए।

इजरायलमा पाँचदेखि एघार वर्षका बालबालिकालाई खोप अभियान सुरु

इजरायलमा पाँचदेखि एघार वर्षका बालबालिकाकालागि कोभिड–१९ विरुद्ध खोप अभियान सुरु भएको छ । महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ। 

गर्मीको समयमा यस यहूदी राज्यमा डेल्टा भेरियन्ट कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भएको थियो। एघार वर्ष मुनिका बालबालिकाहरुमा हालसालै पुष्टि भएका घटनाहरुको कारण बालबालिकामा कोरोना लहर अनुभव र सङ्क्रमण फेरि बढ्न थालेको प्रधानमन्त्री नफ्ताली बेनेटले बताए।

यसअघि बाह्रदेखि १७ वर्षका किशोरकिशोरी खोप दिन सुरु गरिसकिएको थियो। तर फाइजरद्वारा गरिएको परीक्षण र इजरायली वैज्ञानिकहरूको प्यानलबाट भएको अनुसन्धानको आधारमा उमेर सीमा घटाउने निर्णय भएको जनाइएको छ।

जर्मनी, डेनमार्कको यात्रा नगर्न सल्लाह

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको छ। यी दुवै देशमा कोभिड-१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ। सिडिसिले यी दुई युरोपेली देशहरूमा यात्रा गर्नबाट जोगिनुपर्ने जनाएको छ। जसलाई 'लेभल फोर' सूचनाको रूपमा जारी गरिएको छ। यात्रा नै गर्नुपर्ने भए जो कोहीले पहिले पूर्ण रूपमा खोप लगाउनुपर्ने जनाइएको छ।

सिडिसिले हाल विश्वभरका ७५ गन्तव्यहरू स्तर चारमा सूचीबद्ध गरेको छ जसमा विगत २८ दिनमा प्रति १०००,००० बासिन्दामा ५०० भन्दा बढी सङ्क्रमण देखिएका छन्।

अफगानिस्तालाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराएर सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन्। पछिल्ला दिनमा अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै यहाँका नागरिकलाई खाद्यान्न तथा औषधि र लत्ताकपडाकै समस्या रहेकाले सबैको सहयोग आवश्यक रहेको उनले बताए।

उनले विश्वका दाता राष्ट्रहरु तथा विदेशी समुदायलाई यस्तो सहयोगको आग्रह गरे। सोमबारमात्र अफगानिस्तानका लागि चीन र इरानले सहायता सामग्रीहरु प्रदान गरेका थिए।

अमेरिका र बेलायतमा कोरोना संक्रमण बढ्यो

संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अघिल्लो हप्ताका तुलनामा यो हप्ता बढेका संक्रमितको संख्या १८ प्रतिशत पुगेको हो।

यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले जनाएअनुसार यहाँ हरेक दिन कम्तीमा पनि ९० हजार जना संक्रमित हुने गरेका छन्। सो सेन्टरद्वारा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट यहाँका ९२ हजार ८०० जना संक्रमित भएका छन्।

त्यस्तै बेलायतमा सोमबार कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन करिब ४५ हजार जना सङ्क्रमित भएका छन्। यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट यहाँका ४४ हजार ९१७ जना सङ्क्रमित भएका छन्।

उनीहरुक अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेको छ। अघिल्ला दिनहरुमा ४० हजारको हाराहारीमा यी सङ्क्रमित भेटिएको थियो। तर सोमबार भने यसमा बृद्धि भएको हो। यो समेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या करिब ९९ लाख पुगेको छ।

बेलायतमा सोमबार मात्र ४५ जना यो सङ्क्रमणबाट मृत्यु भएको छ। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार जनाको मृत्यु भएको छ। बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन्। यहाँका १६ वर्षमाथिका झन्डै ९३ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्। त्यसैगरी करिब ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.