सूर्यमा ग्रहण लागिसक्यो, ‘कलम’ लिएर उठ्छौं : नेपाल
जनकपुरधाम : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्यमा ग्रहण लागिसकेकाले सूर्यकै धाक नलगाउन एमालेलाई सुझाएका छन्। नेकपा एसको कार्यक्रममा सहभागी हुन धनुषाको जनकपुरधाम आइपुगेका नेता नेपालले यस्तो बताएका हुन्।
उनले भने,' सूर्यको धाक नदेखाए हुन्छ। सूर्यमा ग्रहण लागिसकेको छ। अब कलम चम्किन्छ।' जनकपुरधामस्थित प्रदेश पार्टी कार्यालयको उद्दघाटन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओलीकै कारण सूर्यमा ग्रहण लागेको बताए। उनले भने, ‘केपी ओली अहिले अत्यन्तै छटपटाहटमा हुनुहुन्छ, ओलीको अन्टसन्ट भाषा तपाईहरुले सुन्नु नै भाको होला, ओलीको चरित्र प्रदर्शन कस्तो छ भनेर मैले भनिरहनु पर्दैन, हामी त्यसको पछि लाग्यौँ भने हाम्रै चरित्र उदांगो हुन्छ। गाली गर्न दिनुस्, म गाली गलौज गर्दिनँ । उहाँले आफ्नो चरित्र देखाइरहेका छन्, हामी राम्रो चरित्र संस्कार देखाउँछौँ ।’
उनले सातवटा प्रदेशमध्ये दुईवटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको र संघीय सरकारमा समेत बलियोरुपमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। नेपालले प्रदेश २ मा समेत एमालेभन्दा आफ्नो पार्टी निकै बलियो रहेको दाबी गरे । उनले भने, ‘नेकपा ९एस०मा किसान, मजदुर, युवाको आकषर्ण देखेर ओली आत्तिएका छन् । उनलाई छटपटाहट भइरहेको छ । अगामी चुनाव सम्मको उनको हाल विचरा जस्तो हुन्छ ।’
ओली दक्षिणी इशारामा चलिरहेको आरोप लगाउँदै नेकपा (एस) दक्षिणी भाषामा नभाँसिने उनको भनाइ छ । प्रदेश २ को नामांकरण र स्थायी राजधानीबारे पार्टीको अधिकारिक निर्णय नआएको बताए । तर, राजधानी जनकपुरधाम हुनुपर्नेमा संकेत गरे।