उच्च अदालत जनकपुरमा कानुन व्यवसायीको विरोध प्रदर्शन

उच्च अदालत जनकपुरमा कानुन व्यवसायीको विरोध प्रदर्शन

जनकपुरधाम :  सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले उच्च अदालत जनकपुरमा धर्ना दिए । उनीहरुले उच्च अदालत जनकपुरको मूल गेटमा बिहान १० बजे ४ बजेसम्म धर्नासहित विरोधसभा गरेका हुन् ।

नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष किशोरी साहको अगुवाईमा कानुन व्यवसायीहरु विगत तीन दिनदेखि उच्च अदालतको मूल ढोका अवरुद्ध गर्दै धर्नामा बस्दै आएका हुन् । जनताको आस्था रहेको स्वतन्त्र न्यायपालिकाप्रति प्रधानन्यायाधीशका कारण धुमलिएको र न्यायालयले विश्वास गुमाउँदै गएको भन्दै नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले राजीनामा दिनुपर्ने बताए ।

उनले भने, ‘प्रधानन्यायाधीश संविधान र कानुनभन्दा माथि छैनन, प्रधानन्यायाधीशले संवैधानिक निकाय र मन्त्रीमा भागवण्डा गर्न पाउँदैन, प्रधानन्यायाधीश पदमा बस्न लायक नै छैन् त्यसैले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्दछ ।’

उनले न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागू गर्नुपर्ने आफूहरुको एक सुत्रीय माग पूरा नहुञ्जेलसम्म बार एसोसिएसन केन्द्रिय समितिको आन्दोलनलाई ऐक्यवद्धता गर्दै धर्नामा बस्ने जानकारी दिए । प्रधानन्यायाधीशले आफ्नो स्वार्थपूर्तिका लागि स्वतन्त्र निकाय न्यायापालिकालाई कार्यपालिका र व्यवस्थापिकासँग सम्झौता गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले आरोप लगाए ।

प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बार एसोसिएसनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.