देश चलाउन पाकिस्तानसँग छैन पैसा, स्विडेनमा पहिलोपटक महिला प्रधानमन्त्री

देश चलाउन पाकिस्तानसँग छैन पैसा, स्विडेनमा पहिलोपटक महिला प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसा नरहेको बताएका छन्। उनले आर्थिक भारसँगै देशको ऋण पनि बढेको बताएका हुन्। राजधानी इस्लामाबादमा आयोजित कार्यक्रममा उनले भने, 'जसरी घरमा आम्दानी कम र खर्च धेरै हुँदा समस्या उत्पन्न हुन्छ, त्यस्तै हालत पाकिस्तानको भएको छ।'

उनले सबैभन्दा ठूलो समस्या पाकिस्तानसँग पर्याप्त पैसा नरहेको स्पष्ट पारे। त्यही कारण ऋण लिन बाध्य भएको उनले बताए। 'भविष्यका लागि वचत कोष रित्तिदै गएको अवस्था छ। यसको प्रमुख कारण ट्याक्स कल्चर नहुनु हो,' उनले भने। उनले पाकिस्तानमा ट्याक्स तिर्ने सँस्कृति नरहेको बताए।

अमेरिकासँग सम्बन्धको ‘नयाँ अध्याय’ खोल्न दोहा वार्ता हुने

आगामी साता दोहामा संयुक्त राज्य अमेरिका र अफगानी तालिबान समूहबीच हुने वार्ताले अमेरिकासँगको राजनीतिक सम्बन्धमा ‘नयाँ अध्याय’ खोल्ने उक्त समूहले बुधबार जानकारी गराएको छ। अक्टोबर ९–१० मा कतारको राजधानीमा दुई पक्षबीच भएको भेटवार्तापछि तालिवानसँग वार्ता जारी रहने वासिङ्टनले मङ्गलबार जानकारी गराएको थियो।

तालिबान समूहले आफ्नो आधिकारिक अरबी ट्वीटर अकाउन्टमार्फत् सार्वजनिक विज्ञप्तिमा भनेको छ, 'आगामी हप्ता कतारमा अफगानिस्तान र अमेरिकाबीच वार्ताको नयाँ चरण सुरु हुनेछ।' वार्ताले दुई देशबीचको राजनीतिक सम्बन्धमा ‘नयाँ अध्याय खोल्ने’ आर्थिक मुद्दाहरूको समाधान गर्ने र अघिल्लो दोहा सम्झौतामा भएका शर्तहरूको कार्यान्वयनबारे छलफल गर्ने बताइएको छ।'

काबुल नजिकै दुई व्यक्तिको गोली हानी हत्या

सशस्त्र मानिसहरूको एक समूहले बुधबार बिहान अफगानिस्तानको राजधानी काबुल नजिकै चार धार्मिक व्यक्तिलाई लक्षित गरी गोली चलाउँदा बुधबार दुई जनाको मृत्यु भएको छ। दुई जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई जना सख्त घाइते भएका स्थानीय सञ्चार माध्यमहरूले अफगानी अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन्।

रूसी समाचार एजेन्सी स्पुत्निकका अनुसार यी चार जनालाई कोपिसा प्रान्तको मुख्य शहर महमूद राकको इस्लामी एक विद्यालयबाट घर फर्किने क्रममा आक्रमण गरिएको थियो। आक्रमणकारीहरूले गोली हानी घटनास्थलबाट भागेको भन्दै तत्काल आक्रमणकारीको परिचय नखुलेको प्रहरीले बताएको छ। घटनाको बुधबार समाचार तयार पार्दासम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।

स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित

स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। स्विडेनको संसदले उनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी हुन्। निवर्तमान अर्थमन्त्रीसमेत रहकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुन्।

संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए। उनको भन्दा धेरै मत उनको विपक्षमा परेपछि नयाँ प्रधानमन्त्री निर्वाचित भएकी हुन्। नयाँ प्रधानमन्त्रीको पक्षमा भने १७४ जनाले मतदान गरेका थिए। मतदानको समयमा ५७ सांसद अनुपस्थित भएका संसद सचिवालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा ११० देशलाई निमन्त्रणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छन्। भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ। 

लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका हुन्। सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो। सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरुको सूचीमा छैन।

इजरायलको हवाई आक्रमणमा चार सिरियालीको मृत्यु

मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन्। यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरु रहेका आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ।

इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण दुई सैनिकको मृत्यु भएको छ। छ सैनिक र एक नागरिक घाइते भएका सानाले जनाएको छ। आक्रमण देशको मध्य भागका स्थानहरुलाई लक्षित गरी गरिएको समाचार एजेन्सी सानाले जनाएको छ। यस आक्रमणको अन्य विस्तृत विवरण भने साना समाचार समितिले उल्लेख गरेको छैन। सिरियाको हवाई सैन्यबलले यस आक्रमणलाई पन्छाएर क्षेप्यास्त्रहरू खसालेएको सानाले समाचार समितिले जनाएको छ।

भेनेजुएलामा शान्तिपूर्ण निर्वाचन भएको संयुक्त राष्ट्रसंघको भनाई

संयुक्त राष्ट्रसंघले भेनेजुएलामा आइतबार भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ। संयुक्त राष्ट्रसंघले यहाँको क्षेत्रीय र नगरपालिका निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आफ्नो अनुगमनबाट देखिएको बताएको हो।

संयुक्त राष्ट्रसंघका महासचिवको प्रेस कार्यालयले सो कुरा जनाएको हो। मंगलबार एक विज्ञप्ति प्रकाशन गरेर संयुक्त राष्ट्रसंघका महासचिवको प्रेस कार्यालयले यहाँको निर्वाचन आयोग र निर्वाचनका अधिकारीहरुले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताएको छ।

सो विज्ञप्तिमा निर्वाचनका क्रममा भएका केही हिंसाका घटनाहरुका बारेमा पनि जानकारी आएको भन्दै तर ती सबै घटनाको छानबीन यहाँको सरकार र संयुक्त राष्ट्रसंघले गर्ने पनि बताइएको छ।

चीनद्वारा इराकका सबै पक्षलाई सरकार निर्माणमा सघाउन आग्रह

इराकका सबै पक्षलाई हिंसा रोकेर सरकार निर्माणको काममा सहयोग गर्न चीनले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका लागि चिनियाँ सहायक स्थायी प्रतिनिधि चेङ सुआङले सो धारणा राखेका हुन्। उनले इराकले सम्पन्न गरेको आमनिर्वाचनप्रति पनि खुशी व्यक्त गरेका थिए। उनले इराकले शान्तिपूर्णरुपमा र आम सहभागितामा गरेको निर्वाचन प्रशंसनीय रहेको उनले बताए।

इराकमा हिंसा मच्चाइरहेका सबै पक्षले अब सरकार निर्माणमा सहयोग गर्ने र आफूहरु पनि सरकारमा जाने वातावरणका लागि लाग्नुपर्ने उनले बताएका थिए।

बस दुर्घटनाबाट ४६ को मृत्यु भएपछि तीन दिने शोक घोषणा

उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ। सो बम दुर्घटनामा परेर कम्तीमा पनि ४६ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ। उक्त दुर्घटनामा परेर ज्यान जानेमा १२ जना बालबालिका पनि परेका छन्। सो दुर्घटनामा परेर जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ।

मृत्यु भएका १२ बालबालिकाको शव जलेको अवस्थामा पाइएको भन्दै यहाँका नागरिकहरु निकै स्तब्ध भएका छन्। यहाँको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बस दुर्घटनामा परेरपछि आगो लागेको र त्यहाँ रहेका यात्रुहरु जलेका बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.