प्रेमीले गरे प्रेमिकासहित तीनको हत्या

प्रेमीले गरे प्रेमिकासहित तीनको हत्या

लखनउ : भारतको उत्तराखण्ड राज्यमा एक प्रेमीले आफ्नी प्रेमिकासहित तीन जनाको हत्या गरेको खबर बाहिर आएको छ। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार प्रेमिकाको अर्कै व्यक्तिसँग विवाह हुन लागेपछि उनले प्रेमिकासहित तीन जनाको हत्या गरेका हुन्।

ती प्रेमीले धारिलो हतियार प्रहार गरी प्रेमिकासहित उनकी आमा र बुवाको हत्या गरेका हुन्। धारिलो हतियारबाट मृतक प्रेमिकाकी बहिनी पनि घाइते भएकी छिन्। 

प्रहरीका अनुसार हत्या गरेर उनी फरार भएका छन्। उनले आफ्ना साथीहरूसँग मिलेर हत्याकाण्ड मच्चाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फरार भएसँगै प्रहरीले उनीबारे सूचना दिने व्यक्तिलाई ५० हजारको पुरस्कार घोषणा समेत गरेको खबर आजतकमा छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.