जलवायु संकटले चरामा डिभोर्स दर बढायो

जलवायु संकटले चरामा डिभोर्स दर बढायो

न्युजिल्याण्ड : अल्बाट्रोस प्रजातिको सामुद्रिक चरा संसारको सबैभन्दा वफादार प्राणीमध्ये एक हो । अण्डाबाट चल्ला बनेको केहि महिनामै अर्थात् उड्न सक्ने अवस्थामा पुगेका अल्बाट्रोसहरु महिनौंसम्म एकल सामुद्रिक यात्रामा निस्किन्छन् । सो यात्रापछि किशोरावस्थामा आफ्नो बासस्थान फर्किन्छन्। किशोरावस्थामा पुगेका उनीहरु एकलबाट संयुक्त जीवन सुरु गर्न तयार हुन्छन् ।

समुद्रमा आफ्ना अभिभावकबिना एक्लै हुर्किने र जीवनको सुरुवात गर्ने अल्बाट्रोसहरु मानवजस्तो प्रेममा पर्दैनन् । भाले अल्बाट्रोसले आफूलाई मन परेको पोथी अल्बाट्रोसलाई आफूतर्फ आकर्षित गर्न लामो संघर्ष गर्छन् । दुवैबीच लय, तालमेल र निकटता मिलेपछि उनीहरु प्रेममा पर्छन् । र अल्बाट्रोसहरु एकपटक प्रेमसम्बन्धमा बाँधिन्छन्, उनीहरु जीवनभरसँगै रहन्छन् । अर्थात् उनीहरुको सम्बन्ध कहिल्यै पनि टुट्दैन न त उनीहरुले नयाँ पार्टनर नै बनाउँछन् । अल्बाट्रोसको नयाँ जोडि महिनौंसम्मको लामो यात्रामा सँगै निस्किने, सँगै अण्डा पार्ने र सँगै जीवन बिताउने गर्छन्।

एकपटक प्रेमबन्धनमा बाँधिएका करिब १ देखि ३ प्रतिशतभन्दा कम अल्बाट्रोसहरु मात्र डिभोर्स अर्थात् सम्बन्धबिच्छेद गर्ने गरेको सन् २०१७ सम्मको अध्ययनले देखाएको थियो । मन्त्रमुग्ध चरन उनीहरु अलग्गिने कारण बन्थ्यो ।  

तर पछिल्लो समय सार्वजनिक भएको एक नयाँ अध्ययनले भने बढ्दो जलवायु संकटका कारण अल्बाट्रोसहरुमा डिभोर्स दर उच्च रुपले बढिरहेको देखाएको छ । रोयल सोसाइटी स्टडिका अन्वेषकहरुले गरेको नयाँ अध्ययनले अल्बाट्रोसहरुमा डिभोर्स दर बढिरहेको देखाएको हो ।

पछिल्लो समयमा अनावश्यक रुपमा बढिरहेको तापक्रम वृद्धिले सामुद्रिक क्षेत्रमा पारेको असरका कारण ८ प्रतिशतभन्दा बढि अल्बाट्रोसको जोडिले डिभोर्स गर्ने गरेको करिब १५ वर्ष लामो समय लगाएर गरिएको सो अध्ययनले देखाएको छ ।

अध्ययनकाअनुसार समुद्रको पानी तात्नु भनेकै त्यहाँ माछा र अन्य आहारामा कमी हुनु हो । सामुद्रिक वातावरणमा जटिलता आउनु हो । जसको कारण सामुद्रिक वातावरणमा निर्भर र अण्डा पार्ने अल्बाट्रोसहरुमा तनावको हर्मोन सिर्जना हुने र बढ्ने गर्छ । र उनीहरु नयाँ खोजीमा निस्किन बाध्य हुन्छन् ।  

‘जलवायु संकटको तनावले आहाराको खोजीमा अल्बाट्रोसहरुले काम गर्ने समय बढ्छ, आफ्नो पार्टनरसँग यात्रा गर्दा आउने मौसमी जटिलताको सामना गर्नुपर्छ’ विगत तीन दशकदेखि अल्बाट्रोसको अध्ययन गरिरहेका न्युजिल्याण्डको संरक्षण विभागका प्रिन्सिपल डा. ग्रेमी ईलियटले भनेका छन्, ‘जसको कारण उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई सन्तुलन गरिराख्न असक्षम हुन्छन् । र प्रेम सम्बन्धमा पशुपंक्षी वर्गमा सबैभन्दा इमान्दार मानिने अल्बाट्रोसहरु खाना र यात्राकै कारण अन्जानमै अलग्गिनुपर्छ ।’  

करिब ५०–६० वर्षसम्म बाँच्ने अल्बाट्रोसमा प्रजनन् क्षमतामा कमी हुँदा सम्बन्धविच्छेद हुने भविष्यवाणी यसअघि नै वैज्ञानिकहरुले गरेका थिए । तर नयाँ अध्ययनले भने वैज्ञानिक आफै चकित बनेका छन् । ‘चल्ला जन्माउन असफल भएमा अल्बाट्रोसको जोडिमा डिभोर्सको सम्भावना उच्च हुने गर्थ्यो’ युनिभर्सिटी अफ लिस्बोनका वैज्ञानिक एवम् रोयल सोसाइटी स्टडिका सह लेखक फ्रान्सेस्को भेन्चुराले भनेका छन्,'तर प्रजननमा सफल भएपनि बढ्दो तापक्रम वृद्धिले चराहरुको आहारामा कमी आउँदा उनीहरुमा थप असर पर्यो र डिभोर्स दर बढेको देखियो । जुन आश्चर्यजनक हो ।’  यति मात्र नभइ सन् २००५ देखि घटिरहेको अल्बाट्रोसको संख्या पछिल्लो समय भने बर्सेनि ५ देखि १० प्रतिशतले घटिरहेकोसमेत नयाँ अध्ययनमा उल्लेख गरेको छ ।

स्रोत: दी गार्जियनबाट
अनुवाद : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.