आठ चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा, दिल्लीमा चालकरहित मेट्रो सेवा सुरु

आठ चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा, दिल्लीमा चालकरहित मेट्रो सेवा सुरु

वासिङ्टन: अमेरिकाले आठ वटा चिनियाँ कम्पनीलाई कालासुचीमा राखेको छ। राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले आठवटा व्यापारिक कम्पनीलाई कालोसूचीमा राखेको हो।

रोयटर्सका अनुसार अमेरिकामा रहेका चिनियाँ कम्पनीहरुले अवैधरुपमा चिनियाँ सेनाको क्वान्टम कम्प्युटिङ विकास गरिरहेका थिए। ती कम्पनीहरुलाई अमेरिकालो राष्ट्रिय सुरक्षाको कारण देखाउँदै कालोसूचीमा राखेको हो।

अमेरिकी वाणिज्य सचिव गिना रेइमोन्डोले विज्ञप्ती जारी गर्दै अमेरिकाबाट अवैधरुपमा चिनियाँ सेनालाई सहयोग गरिरहेका चिनियाँ कम्पनीहरु कालोसूचीमा राख्दा देशको सुरक्षामा सहयोग पुग्ने बताएका छन्। अमेरिकास्थित चिनियाँ राजदूतावासले भने आफू कालोसूचीको विरुद्ध रहेको जनाएको छ।

बंगलादेशले १ लाख रोहिङ्ग्यालाई बाढीग्रस्त क्षेत्रमा सार्दै

ढाकाः बंगलादेशले करिब १ लाख रोहिङ्ग्या शरणार्थी समूहलाई बाढीग्रस्त क्षेत्रमा स्थानान्तरण गर्न सुरु गरेको छ। विभिन्न अधिकारकर्मी समुदाय र अन्तर्राष्ट्रिय निकायको आलोचनाका बाबजुद बंगलादेशले सो समूहलाई बाढीग्रस्त क्षेत्रमा स्थानान्तरण सुरु गरेको हो।

बे अफ बंगालको दुर्गम र बाढीग्रस्त क्षेत्र भाशन चार टापु ती शरणार्थीलाई सार्न थालिएको अधिकारीहरुले बताएका छन्। उप शरणार्थी आयुक्त मोज्जेम होसेनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यसँग बताएअनुसार सरकारले बिहीबारदेखि थप २ हजार रोहिङ्ग्या शरणार्थीलाई सो क्षेत्रमा सारिसक्ने छ भने बंगलादेशले १० लाखमध्ये करिब १ लाख रोहिङ्ग्या शरणार्थीलाई स्थानान्तरण गर्ने योजना बनाएको छ।

बंगलादेशले भाशन चार टापुमा करिब १९ हजार रोहिङ्ग्या शरणार्थीलाई स्थानान्तरण गरिसकेको छ। बंगालादेश-म्यानमार सीमा क्षेत्रमा रहेका क्याम्पमा मात्र हालः करिब ८ लाख ५० हजार अल्पसंख्यक मुस्लिम रोहिङ्ग्या बसिरहेको बताइएको छ।

रुसको कोइला खानीमा आगलाग हुँदा ६ जनाको मृत्यु

मस्कोः रुसको एक कोइला खानीमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ भने ४३ मजदुर फसेका छन्। बिहीबार साइबेरियाको केमेरोभो एक कोइला खानीमा आगलागी हुँदा एकको मृत्यु भएको हो भने खानीभित्र रहेको ४३ मजदुर फसेका हुन्।

करिब २८५ मजदुर काम गरिरहेको लिस्टभ्याज्निया खानीमा बिहीबार आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमा खबर छ। आगलागिपछि उद्धार कार्य जारी रहेको र उद्धारकर्ताहरुले २३६ मानिसको उद्धार गरिसकेको अधिकारीहरुले बताएका छन्।

क्षेत्रीय गर्भनर सर्गेई सिभिलेभका अनुसार हालसम्म ६ जनाको मृत्यु भएको छ भने खानीमा फसेका ४३ घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको उनले जानकारी दिएका छन्।

पाकिस्तानका विद्यालय र कार्यालय सोमबारसम्म बन्द

लाहोरः पाकिस्तान सरकारले लाहोरका निजी कार्यालय र विद्यालय आगामी सोमबारसम्मका लागि बन्द गर्न निर्देशन दिएको छ। सरकारले बढ्दो वायु प्रदुषणको तह कम गर्न तीन दिनका विद्यालय र कार्यालय बन्द गर्न निर्देशन दिएको हो।

स्थानीयबासीले वायु प्रदूणषका कारण स्वासप्रश्वास, आँखा र नाकमा समस्या उत्पन्न भएको भन्दै उजुरी हालेका थिए। सो उजुरीपछि बुधबार त्यहाँको वायु गुणस्तर निगरानी विभागले पाकिस्तानको लाहोरलाई संसारको सबैभन्दा वायु प्रदूषित शहर घोषणा गरेको थियो।

पाकिस्तानको लाहोरदेखि कराचीसम्मको एआइक्यु ३४८ पुगेसँगै वायु प्रदुषणले खतराको अवस्था पार गरेको बताइएको छ।

तीन दिनसम्म विभिन्न निजी कार्यालय र विद्यालय बन्दले वायु प्रदूषण कम गर्न सहयोग पुग्ने अपेक्षा त्यहाँका अधिकारीहरुले गरेका छन्। त्यहाँको सरकारले स्थानियलाई मर्निङ वाक नगर्न र अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन सूचना जारी गरेको छ।

पाकिस्तानको वायु प्रदूषण बढाउनमा लाहोरमा रहेका ३ सय औद्योगिक कारखाना जिम्मेवार रहेको अधिकारीहरुले बताएका छन्।

दिल्लीमा चालकरहित मेट्रो सेवा सुरु

नयाँ दिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भारतमा पनि चालकरहित मेट्रो सेवा सञ्चालन गरेको छ। राजधानी नयाँ दिल्लीमा बिहिबारदेखि सरकारले देशकै पहिलो र संसारको चौथो चालकरहित सेवा सञ्चालन गरेको हो।

बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी,  दिल्ली सरकारका यातायात मन्त्री कैलाश गहलोत र त्यहाँको शहरी मामिला मन्त्री हरदिप सिंहपुरीले चालकरहित मेट्रो सेवा उद्घाटन गरेका हुन्। सो सेवा सञ्चालन भएसँगै चालकरहित मेट्रो सञ्चालन गर्ने भारत संसारकै चौथो ठूलो मुलुक र भारतको पहिलो चालकरहित सेवा भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

दिल्ली मेट्रो रेल कर्पोरेसनको अगुवाईमा सो परियोजना अघि बढेको थियो। सो सेवाले दिल्लीको पिंक लाइन, मजलिस र शिव बिहार जोड्ने छ। सो सेवा दिल्लीको सबैभन्दा लामो मेट्रो कोरिडरमा पर्ने बताइएको छ।

सोमालियाको राजधानीमा विस्फोट, ८ जनाको मृत्यु

मोगादिशुः सोमालियाको राजधानी मोगादिशुमा शक्तिशाली विस्फोट भएको छ। बिहीबार बिहानै भएको विस्फोटमा परि ८ जनाको मृत्यु भएको छ भने अन्य २३ सर्वसाधारण घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्।

विस्फोटले नजिकैको विद्यालय र अस्पताल भवनमा क्षती पुगेको बताइएको छ। सो विस्फोटमा परी अन्यको पनि मृत्यु भएको हुनसक्ने अधिकारीहरुले समाचार एजेन्सी रोयटर्ससँग बताएका छन्।

अल कायदासँग जोडिएको सोमालिको सैन्य समुह अल शबाबले सो घटनाको जिम्मा लिएको छ। संयुक्त राष्ट्र संघका दूतलाई लक्ष्य गरी सो विस्फोट गरिएको सैन्य समूहका प्रवक्ता शेइख अब्दियासिसले रोयटर्ससँग बताएका छन्।

हैटीका प्रधानमन्त्रीद्धारा नयाँ मन्त्रिमण्डल गठन

पोर्ट औ प्रिन्सः हैटीका प्रधानमन्त्री एरियल हेन्रीले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। हैटीमा राजनीतिक उथपलपुथलकाबिच प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल गठन गरेका हुन्।

प्रधानमन्त्रीले परराष्ट्र, अर्थ, न्याय, शिक्षा र स्वास्थ्यसहित ९ वटा नयाँ मन्त्रिसहितको मन्त्रिमण्डल गठन गरेका हुन्। नयाँ मन्त्रिमण्डलको टोलीले देशमा जारी संकटको अन्त्य गर्ने लक्ष्य राखेको उनले बताएका छन्।

हैटीमा जारी हिंसा, अपहरण, दंगा, इन्धन अभाव आदीकाबीच बुधबार नयाँ मन्त्रीहरु नियुक्त भएको बताइएको छ। करिब चारमहिनाअघि प्रधानमन्त्रीको पद सम्हालेका हेन्रीले नवनियुक्त मन्त्रीहरुलाई कठिन अवस्थाको बाबजुद पदको जिम्मा लिएकोमा खुसी व्यक्त गरेका छन्। 

राष्ट्रपतिय चुनावमा गद्धाफीका छोरा अयोग्य

त्रिपोलीः लिवियाका पछिल्ला तानाशाह मौमार अल गद्धाफीका छोरा आगामी महिना हुने राष्ट्रपतिय चुनावी दौडको लागि अयोग्य ठहरिएका छन्। लिवियाको शीर्ष निर्वाचन निकायले गद्धाफीका छोरा सेइफ अल इस्लाम गद्धाफीलाई अयोग्य ठहराएको हो।

देशको राष्ट्रिय निर्वाचन आयोगद्धारा जारी अयोग्य उम्मेद्धारको सूचीमा गद्धाफीको नाम दर्ता छ। सन् २०११ मा आफ्नो बुबाको विरोधमा आयोजित आन्दोलनविरुद्ध हिंसा भड्काएको भन्दै सन् २०१५ मा त्रिपोली अदालतले गद्धाफीका छोरालाई मृत्युदण्डको सजाय सुनाएको थियो। तर कारबाही भने अघि बढ्न सकेको थिएन। यतिमात्र नभई उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतले मानवियता उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो।

लिवियामा राष्ट्रपतिय चुनाव आगामी डिसेम्बर २४ मा हुँदैछ। लण्डन स्कुल अफ इकोनोमिक्सबाट पीएचडी हासिल गरेका ४९ वर्षीय गद्धाफीले सो चुनावको लागि उम्मेद्धारी दर्ता गराएका थिए।

एसिया र युरोपका शीर्षनेताबीच भर्चुअल वार्ता सुरु

फनोम पेनः एसिया र युरोपेली मुलुकका करिब ५० शीर्ष नेताबीच दुई दिने भर्चुअल बैठक सुरु भएको छ। कम्बोडियाको आयोजनामा सो बैठक बिहीबारदेखि सुरु भएको हो।

मानवअधिकार र ताइवानको मुद्धामाथि चीन अस्पष्ट बनिरहँदा सो बैठक सुरु भएको बताइएको छ। दुई महादेशविचको भर्चुअल बैठकमा एसिया-युरोप साँझेदार, क्षत्रीय सहकार्य, जलवायु परिवर्तन र विश्वव्यापी जल्दोबल्दो मुद्धामाथि महत्वपूर्ण छलफल गरिने क्योडो न्युजले जनाएको छ। सो बैठकमा चीन, जापानलगायत विभिन्न मुलुकका नेताहरु उपस्थित भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.