‘विकासमा निजी क्षेत्र सहयोगी बन्नुपर्ने’

‘विकासमा निजी क्षेत्र सहयोगी बन्नुपर्ने’

काठमाडौं : नेपाल न्युज नेटवर्क इन्टरनेसनलको अंग्रेजी संस्करण ‘द अन्नपूर्ण एक्सप्रेस’ को आयोजनामा बुधबारदेखि ‘ट्रेङ्गल कन्फ्रेन्स’ सुरु भएको छ। सोल्टीमोडस्थित होटल हायत प्यालेसमा सञ्चालन भइरहेको कन्फ्रेन्स शनिबारसम्म चल्नेछ। एक्सप्रेसले सरकार, शैक्षिक क्षेत्र र उद्यमीहरूलाई एकै ठाउँमा राखेर नीति निर्माणको पक्षमा छलफल गरेको छ। 

कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले अन्नपूर्ण मिडिया नेटवर्कलाई समाजका समस्याहरू उठाउने जिम्मेवार मिडिया हाउसका रूपमा अगाडि बढाएको बताए। 

नेपालको शैक्षिक संस्थाबाट उत्पादित विद्यार्थीले काम नपाउने, उद्योगले क्षमतावान व्यक्ति नपाउने र उचित नीति नियमको अभावमा सरकार सधैं अल्झिरहने हुँदा विकासको गति कमजोर भएको अन्नपूर्ण एक्सप्रेसका सम्पादक विश्वास बरालले बताए। शैक्षिक संस्था, आर्थिक संस्था र सरकारबीच कस्तो सम्बन्ध हुनुपर्छ ? भन्ने प्रश्नको जवाफ कन्फरेन्सले खोज्नेछ। यस्तो कन्फ्रेन्स नेपालमा पहिलोपटक आयोजना भएको हो। यसलाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ। 

सन् २०३० मा हामी कस्तो हुन्छौं ? हाम्रो राष्ट्रिय क्षमता के हो ? नेपालमा भएका सम्भावना र अवसरलाई उजागर गर्न केले रोकिरहेको छ ?’ कन्फ्रेन्सको पहिलो दिनको पहिलो सेसनमा छलफल गरिएको थियो। ‘नेपाल २०३०’ विषयक सेसनमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक विजय चालिसे, राजनीतिक विश्लेषक इन्द्रा अधिकारी, राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, पर्यटन व्यवसायी पवन तुलाधार, आईटी विशेषज्ञ सुनैना पाण्डे सहभागी थिए। जगन्नाथ लामिछानेले सहजीकरण गरेका थिए। 

सहभागीले संरचना निर्माण गरेर मात्रै विकास नहुने तर्क गरे। कृषिमा लगानी, आर्थिक विकास, सडक निर्माण, गरिबी उन्मुलन, दिगो विकास, जलवायु परिवर्तन, शिक्षा स्वास्थ्य सर्वसुलभता जस्ता विषयलाई प्राथमिकतामा राख्दै योजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। विकासमा देखिएका समस्याको समाधानका लागि नेतृत्वको विचार र कार्यशैली फेरिनुपर्ने र नीजि क्षेत्र पनि सरकारको सहयोगी बन्नुपर्नेमा सहभागीको जोड थियो। 

कार्यक्रमको दोस्रो सेसन ‘महामारीपछिको युवाको मानसिक स्वास्थ्य र  कार्यबल’ विषयमा छलफल चलेको थियो। कलाकार मनोज गजुरेल, मनोचिकित्सक डा. रिसव कोइराला। मेन्टल हेल्थ काउन्सिलर भावना श्रेष्ठ, ह्याप्पी माइन्डकी फाउन्डर श्रेया गिरीले सहजीकरण गरेकी थिइन्। 

सहभागीले मानसिक स्वास्थ्यको विषयमा परिवार सचेत हुनुपर्ने धारणा राखे । सामान्य देखिए पनि मानसिक स्वास्थ्यले जटिल असर गर्ने जानकारी दिएका थिए। कोभिड महामारीपछि धेरै युवाहरूमा मानसिक स्वास्थ्यको समस्या देखिएको, यसले आत्महत्या, लागूऔधष दुव्र्यसनी र परिवार विखण्डन हुने, सम्बन्ध बिग्रनेजस्ता असर देखापरेकाले यस विषयमा जानकार हुुनुपर्नेमा जोड दिए। 

कार्यक्रमको अन्तिम सेसनमा राष्ट्रनिर्माण र नेतृत्व विषयले स्थान पायो। सेसनमा वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइत र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए। कार्यक्रमलाई एपीवान टेलिभिजनका प्रधान सम्पादक टीकाराम यात्रीले सहजीकरण गरेका थिए। 

कार्यक्रममा बोल्दै डाक्टर रुइतले कुनै पनि संस्था राम्रोसँग चल्न टिम राम्रो हुनुपर्नेमा जोड दिए। संस्थामा राजनीति घुस्न दिन नहुने रुइतको तर्क थियो। संस्था अगाडि बढ्ने विषय नेतृत्वको क्षमतामा भरपर्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। सरकारी कार्यालय या संस्थानका ७० प्रतिशत कर्मचारी नेतृत्वअनुसार काम गर्ने खालका, ३० प्रतिशत कर्मचारी कि अति राम्रो कि त नराम्रो काममा पनि लाग्ने खालका हुने र असल नेतृत्व भएको संस्थाले राम्रो काम गर्ने अनुभव उनको थियो। घिसिङको बिहीबार नै जन्मदिन परेकाले आयोजकले जन्मदिनको सरप्राइज केकसमेत व्यवस्थापन गरेको थियो।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.