रुसको कोइला खानीमा दुर्घटनामा ५२ को मृत्यु, अझै दर्जनौं बेपत्ता

रुसको कोइला खानीमा दुर्घटनामा ५२ को मृत्यु, अझै दर्जनौं बेपत्ता

मस्को : रुसको एक कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५२ पुगेको छ। बिहीबार आगलागीबाट भएको दुर्घटनामा खानीमा काम गर्ने मजदुर र उद्धारकर्ता गरी मृतकको संख्या ५२ पुगेको हो। 

रुसी अधिकारीहरुका अनुसार करिब २५० मिटर गहिरो भुमिगत खानीबाट मिथेन र कार्बन मोनोअक्साइड  ग्यास विस्फोट हुँदा आगलागि भएको थियो।

आगलागिपछि निस्केको विषाक्त धुँवाका कारण खानीभित्रै मृत्यु भएका ५२ जनाको लास फेला परेको स्थानीय मिडिया टास र आरआइए–नोभोस्टीमा खबर छ। मृत्यु हुनेमा  ६ जना उद्धारकर्मी र ४६ जना कामदार रहेकोसमेत बताइएको छ। 

बिहीबार दक्षिणपश्चिमी साइबेरियास्थित केमेरोभो क्षेत्रको लिस्टभ्याज्निया कोइला खानीमा सो दुर्घटना भएको थियो। दुर्घटनाको समयमा खानीभित्र जम्मा २८५ रहेको बताइएको छ। सोमध्ये २३९ मजदुरहरुको उद्धारकर्ताहरुले उद्धार गरेका थिए। 

रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनले सो घटना अत्यन्त दुखद भएको भन्दै मृतकप्रति सम्वेदना व्यक्त गरेका छन्। रुसमा बिहीबार भएको सो दुर्घटना सन् २०१० यताकै ठूलो भएको बताइएको छ। सन् २०१० मा केमेरोभो क्षेत्रको खानी मिथेन ग्यास विस्फोटपछि आगलागि हुँदा खानीमा कार्यरत ९१ जनाको मृत्यु भएको थियो भने अन्य १ सय घाइते भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.