ट्रेङ्‍गल कन्फ्रेन्स : पहिलो सेसनमा कसले के भने ?

ट्रेङ्‍गल कन्फ्रेन्स : पहिलो सेसनमा कसले के भने ?

काठमाडौं : नेपाल न्युज नेटवर्क इन्टरनेसनलको अंग्रेजी संस्करण 'द अन्नपूर्ण एक्सप्रेस' को आयोजनामा बिहीबारदेखि सुरु भएको तीन दिने ट्रेङ्गल कन्फ्रेन्सको दोस्रो दिन आज दुईवटा सेसनमा छलफल भएको छ। छलफलमा युवा नेतृ मानुषी यमी भट्टराई, अर्थविद् कुसुम शाक्य, लेक्चर तथा रिसर्चर सुमन ढकाल, मार्टिन चौतारीका अनुसन्धानकर्ता सोहन श्रेष्ठ, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा.भीमप्रसाद सुवेदी सहभागी भए। कार्यक्रमलाई द अन्नपूर्ण एक्सप्रेसका सम्पादक विश्वास बरालले सञ्चालन गरेका थिए ।

सोल्टिमोडस्थित होटल हायात प्यालेसमा सञ्चालन भइरहेको सम्मेलन शनिबारसम्म चल्नेछ । एक्सप्रेसले सरकार, शैक्षिक क्षेत्र र उद्यमीहरुलाई एकै ठाउँमा राखेर नीति निर्माणको पक्षमा छलफल गरेको हो । शिक्षाले रोजगारसम्म किन पुराउन सकेन ? शिक्षित व्यक्तिले रोजगार किन पाएनन् ? काम दिने स्थानमा हाम्रा उत्पादनले ठाउँ किन पाएनन् ? पहिलो सेसनमा यस्तैखाले प्रश्नको जवाफ खोज्ने प्रयास गरिएको छ।

मानुषी भट्टराई, युवा नेतृ

प्रमुख दलहरुको ध्यान शिक्षा, स्वास्थलगायतमा जान सकेको छैन । संक्रमण समय लम्बिदा राजनीतिक दल शक्तिशाली बन्दै गएका छन् । यसले राजनीतिको संस्थागत विकास हुन सकिरहेको छैन । सुधारको सम्भावना भएको ठाउँमा नयाँ पुस्ताले सुधार्नुपर्ने देखिन्छ । नयाँभन्दा पनि पुराना राजनीतिक दलहरुले आधारभूत कुराहरु (शिक्षा, स्वास्थ्य) मा विशेष ध्यान दिन तथा छलफल गर्न आवश्यक छ । विद्यार्थी संगठनले आचारसंहिता पालना गर्दै शैक्षिक संस्था सुधारका लागि आवाज उठाउन जरुरी छ । नेपालको राजनीतिले हरेक क्षेत्र कमजोर बनायो । संघसंस्थामा दलीय स्वार्थ हावी हुनु ठिक होइन ।
शिक्षाले रोजगारसम्म किन पुराउन सकेन ? शिक्षित व्यक्तिले रोजगार किन पाएनन् ? काम दिने स्थानमा हाम्रा उत्पादनले ठाउँ किन पाएनन ?

सुमन ढकाल लेक्चर तथा रिसर्चर

शैक्षिक संस्था राजनीतिले ध्वस्त बनाएको छ । कलेजले नै विद्यार्थीका माग सम्बोधन गर्ने हो राजनीति आवश्यक छैन । विद्यार्थीको अपेक्षा पूरा भएन भने राजनीति भित्रने गर्छ । सिकाइ भनेको कक्षभित्र मात्रै हुँदैन । व्यवहारिक सिकाइका लागि विद्यार्थी फिल्डमै लगेर सिकाउन आवश्यक छ ।

डाक्टर भीमप्रसाद सुवेदी

हामीले भौतिक पूर्वाधार संगसँगै ठूलो श्रोत साधन अध्ययन अनुसन्धानमा खर्च गरिरहेका छौं । सरकार प्राज्ञिक क्षेत्र, निजी क्षेत्रबीचको सहकार्य र समन्वय गर्ने निश्चित ढाँचा त छैन तर अब सहकार्य जरुरी देखिएको छ । प्राविधिक विषयमा जोड दिने सरकारको नीति छ । यससँग सम्बन्धित संस्थाबीच कोडिनेट गर्नुपर्ने जरुरी छ ।

कुसुम शाक्य अर्थविद्

सरकारको प्राथमिकतामा देशको आर्थिक क्षेत्र कहिल्यै परेन । सरकारलाई आवश्यक पर्दा सहयोग गर्ने निजी क्षेत्रप्रति सरकारको ध्यान जान जरुरी छ । सधैंभरी राजनीति मात्रै देशको प्राथमिकतामा पर्यो तर देशको आर्थिक अवस्था के कस्तो छ ? कसरी चलिरहेको छ। अर्थतन्त्र खोजीको विषय हुनु जरुरी छ । आर्थिक पक्षमा सबल भएमा मात्रै देशको सर्वपक्षीय विकास हुने भएकाले आर्थिक अवस्था सुधार गर्न जरुरी छ ।

सोहन श्रेष्ठ, शैक्षिक अनुसन्धानकर्ता मार्टिन चौतारी

हामीले सदैब सरकारले यो गरेन उ गरेन भनेर प्रश्न गर्यौ तर नेपालमा लगानी गरेर अरबौं नाफा उत्पादन गरिरहेका आर्थिक क्षेत्रलाई कहिल्यै पनि प्रश्न गरेनौं । उनीहरुको पनि सामाजिक जिम्मेवारी हुन्छ, देशका लागि केही गर्ने । बैंकहरुले म्यानेजमेन्टसम्बन्धी विश्वविद्यालय खोल्न सक्छन् । विभिन्न सेक्टरका आर्थिक संस्थाहरुले अब नेपालमै क्षमतावान विद्यार्थी उत्पादन गर्न जरुरी छ ।

सबै कामका लागि सरकारको मुख ताकेर मात्रै हुन्न। सरकारी कलेजमा पूर्वाधार राम्रो छैन । पढ्ने पढाउने वातावरण छैन । शैक्षिक संस्थाको नियुक्तदेखि कलेजको वातावरणसम्म राजनीतिले ध्वस्त बनाएको छ। देशको आवश्यकता पूर्ति गर्ने खालको व्यक्ति उत्पादन हुनका लागि शैक्षिक संस्था नै गुणात्मक हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.