अमेरिकी प्रतिनिधि र ताइवानका राष्ट्रपतिबीच आश्‍चर्यजनक भेट

अमेरिकी प्रतिनिधि र ताइवानका राष्ट्रपतिबीच आश्‍चर्यजनक भेट

ताइपेई : पाँच अमेरिकी प्रतिनिधि र ताइवानकी राष्ट्रपतिबीच आश्चर्यजनक भेटवार्ता भएको छ । शुक्रबार बिहान राष्ट्रपति साई इङ वेन र पाँच अमेरिकी प्रतिनिधिबीच भेटवार्ता भएको हो । अमेरिकी प्रतिनिधिसभाका पाँच प्रतिनिधि बिहीबार राति ताइवान पुगेका थिए ।

संयुक्त राज्य अमेरिकाले स्वसासित मुलुक ताइवानलाई बलियो बनाउन पुन: समर्थन गर्ने सम्बन्धमा ताइवान पुगेका अमेरिकी प्रतिनिधीहरुले राष्ट्रपति वेनसँग आश्चर्यजनक भेटवार्ता गरेको बताइएको छ। दुई पक्षबीचको भेटबारे विस्तृत जानकारी भने उल्लेख गरिएको छैन ।

अमेरिकी प्रतिनिधिसँग भएको भेटवार्तापछि राष्ट्रपति वेनले ताइवानले अमेरिकासँग निरन्तर सहकार्य गर्ने प्रतिक्रिया दिएको बताइएको छ । दुईपक्षबीच शुक्रबार भएको भेटले ताइवान र चीनबीच थप तनाव सिर्जना गरेको र सो तनाव दशकयताकै उच्च रहेको अधिकारीहरुले अन्र्तराष्ट्रिय मिडियासँग बताएका छन् ।

‘हाम्रो भ्रमणबारे समाचार आउने वित्तिकै चिनियाँ दूतावासले भ्रमण तत्काल रद्द गर्न सन्देश पठाएको रहेछ,' अमेरिकी प्रतिनिधि एलिसा स्लेटकिन र डि मिचलगायतको टोलीले ट्विटरमार्फत जानकारी दिएका छन् ।

चीनले स्वशासित ताइवान टापु आफ्नो भएको दाबी गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.