ट्रेङ्गल कन्फ्रेन्स : दोस्रो सेसनमा कसले के भने?

ट्रेङ्गल कन्फ्रेन्स : दोस्रो सेसनमा कसले के भने?

काठमाडौं : नेपाल न्युज नेटवर्क इन्टरनेसनलको अंग्रेजी संस्करण 'द अन्नपूर्ण एक्सप्रेस' को आयोजनामा बिहीबारदेखि सुरु भएको तीन दिने ट्रेङ्गल कन्फ्रेन्सको दोस्रो दिन आज दुईवटा सेसनमा छलफल भएको छ।

पहिलो सेसनमा छलफलमा युवा नेतृ मानुषी यमी भट्टराई, अर्थविद् कुसुम शाक्य, लेक्चर तथा रिसर्चर सुमन ढकाल, मार्टिन चौतारीका अनुसन्धानकर्ता सोहन श्रेष्ठ, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष डा.भीमप्रसाद सुवेदी सहभागी भए।

दोस्रो सेसनमा कुसुम शाक्य अर्थविद,सोहन श्रेष्ठ शैक्षीक अनुसन्धानकर्ता मार्टिन चौतारी, विष्णु दाहाल राजनैतीक विश्लेषक, निलकण्ठ उप्रेती,विमला राई पौडेल,लोकेस ढकाल नेता नेपाली कांग्रेस सहभागी भए। कार्यक्रमलाई द अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराईले सञ्चालन गरेका थिए ।

सोल्टिमोडस्थित होटल हायात प्यालेसमा सञ्चालन भइरहेको सम्मेलन शनिबारसम्म चल्नेछ । एक्सप्रेसले सरकार, शैक्षिक क्षेत्र र उद्यमीहरुलाई एकै ठाउँमा राखेर नीति निर्माणको पक्षमा छलफल गरेको हो । पहिलो सेसनमा शिक्षा र रोजगारीलगायत विषयमा छलफल भएको थियो भने दोस्रो सेसनमा आर्थिक,राजनीतिक र निर्वाचन प्रणालीका बारेमा छलफल भएको छ।

विष्णु दाहाल, राजनीतिज्ञ विश्लेषक

जति नै राम्रो भए पनि गोबरलाई खुवा भनेर खान त सकिन्न। खराब नेतृत्वले पार्टीको सत्ता कव्जा गर्छ भन्दै उनले दलहरुले आर्दशलाई बोकेर हिँड्ने गरेको आरोप लगाए । राजनीतिक पाटीले कहिल्यै पनि समाजको समस्यालाई नदेख्ने, भोटर किन्ने, चुनावमा पैसा बाँडेर जित्ने खराब प्रचलन रहेको बताए । यसका साथै उनले सरकारले जहिले पनि आगो लागेपछि कुवा खन्ने प्रचलन भएकाले प्रभावकारी नदेखिएको उनको दावी थियो । संस्थामाथि व्यक्ति हावी हुने गलत चलन बढ्दै गएकाले धेरै समस्या आएको हो । सरकारमा प्रधानमन्त्री हावी हुने । न्यायालयमा प्रधानन्यायाधीश हावी हुने । समाजमा मलाई केन्द्रविन्दुमा राखेर हामीलाई विस्थापित गर्ने गलत चलन बढ्दै गएको छ ।

निलकण्ठ उप्रेती,पूर्व प्रमुख निर्वाचन आयुक्त

जसले ऐन नियम बनाएको हो, उसैले पालना नगरेपछि अरुले पालना गर्नुपर्छ भन्नु हास्यापद तर्क हो । कर्मचारी, जागिरेले निश्चित समयमा रिटायर्ड हुनुपर्ने नियम छ । तर राजनीतिक दलका नेताहरु रिटायर्ड नहुने चलन पनि गलत हो । अहिले विभिन्न देशमा पढेका क्षमतावान युवाहरु पनि नेपाल फर्कन चाहिरहेका छन् ।उनीहरुलाई पालो दिनुपर्छ । अहिलेको समयको माग बोक्न अहिलेका समयलाई बुझ्ने युवा नेतृत्व आवश्यक छ।

निर्वाचन प्रणाली महंगो भयो । यसको प्रणालीमै सुधार गर्नुपर्छ । नेतृत्वको आचरण राम्रो हुनुपर्छ । सुधार तलको पक्षबाट हुनुपर्छ । टीका लगाएर उम्मेदवार पठाउने चलन अन्त्य नहुँदासम्म यहि निर्वाचन प्रणालीबाट सहि व्यक्ति सत्तामा पुग्न सक्ने सम्भावना देखिन्न ।

विमला राई पौडेल,राजनीतिज्ञ

राजनीतिमा धेरै समस्या छन् । संसद राजनीतिले निर्माण गर्ने भएकाले संसदमा पनि समस्या छ । राजनीतिक दल जनताप्रति जवाफदेही हुनैपर्छ । पछिल्लो समय राजनीति व्यवसाय बन्यो । यसलाई समाजसेवा बनाउन सकेनौं । समाजको सेवा भन्दा पनि पैंसा कमाउने उपायको रुपमा राजनीति प्रयोग भयो। राजनीति पेशा व्यवसाय हुनुहुँदैन । यसबाट फाइदा हुनुहुँदैन। राष्ट्रियसभा दलगत प्रभावबाट माथि उठ्नुपर्छ । समानुपातिक सहभागीता आवश्यक छ । थोरै धेरै राम्रा परिवर्तन पनि भएका छन् । कुनै पनि प्रणाली आफैमा गलत होइन, यसलाई कार्यान्वयन गर्ने व्यक्तिमा भरपर्छ ।

लोकेस ढकाल, नेता नेपाली कांग्रेस

समानुपातिक प्रणालीलाई व्यापक दुरुपयोग गरिएको छ । समावेशी र समानुपातिकको नाममा एउटै व्यक्ति परिवारले अवसर पाइरहे । सधैंभरी सिमित व्यक्तिले अवसर पाए । सबै वर्ग, जातीको प्रतिनिधित्व हुने गरी समानुपातिकको नाममा कसैलाई जबरजस्ती ल्याएर तानेर संसदमा ल्याएर समाजका तल्लो तहको समस्या हट्ने हैन त ? किन परिवर्तन भएन त समाज ? अहिलेको राजनीतिको राष्ट्रिय सोच नै छैन । देशलाई कसरी अगाडि बढाउने भन्ने सोच कसैमा छैन । आफू र आफ्नालाई बनाउनका लागि उभो लगाउनका लागि मात्रै राजनीतिक गर्ने प्रचलनको वृद्धि भयो । जुन गलत हो । यो संविधानमा पनि धेरै खोट छ । सबैको आवाज समेटिएको छैन । ३/४ वटा दलका मुख्य नेताले कोठामा सहमति गरेर जारी गरिएको संविधान त हो । दलभित्र पनि आर्थिक अनियमितता बढ्दो छ । संस्थाका नेतृत्व भष्ट छन् । राजनीतिक दलले अवैध र गैरकानुनी माध्यमबाट आएको रकम पनि राजनीतिमा लगाउने चलन छ ।

योगेस ढकाल पत्रकार

दलभित्र पनि आर्थिक अनियमिता बढ्दो छ । संस्थाका नेतृत्व भ्रष्ट छन् । राजनीतिक दलले अवैध र गैरकानुनी माध्यमबाट आएका रकम पनि राजनीतिमा लगाउने चलन छ । पछिल्लो चुनावमा निर्वाचित भएका २०८ जना जनप्रतिनिधि ठेकेदार छन् । ५४.६ प्रतिशत जनप्रतिनीधिको आफ्नै व्यवसाय छ । स्थानीय तहका निर्वाचनमा ५० अर्ब माथि छ । एक खर्ब ३५ अर्ब भन्दामाथि प्रत्येक निर्वाचनमा खर्च भएको विवरण छ । एउटा निर्वाचनमा खर्च भएको यो ठूलो रकम उम्मेदवारले सत्तामा पुगेपछि कमाउने हो । निर्वाचन प्रणाली खर्चिलो भएपछि भष्टाचार मौलाएको हो । हाम्रो प्रवृति परिवर्तन भएन । समाजमा मान सम्मान इज्जत पैसासँग जोडिन थाल्यो । व्यापारी पैंसावालले राजनीतिमा पद कब्जा गर्ने, सत्ता कब्जा गर्ने । देशको आर्थिक स्रोत नै कब्जा गर्ने हुँदा समाजका अर्कोथरी निम्न वर्ग सधैं समस्यामा परे । लोकतन्त्र राजनीतिक दलबीना बाँच्छ या बाँच्दैन सोच्नुपर्ने बेला भइसक्यो।  


        


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.