‘. . . के जिन्दगी ?’ मा जीवनको लय

‘. . . के जिन्दगी ?’ मा जीवनको लय

किताब लेख्न सबैले सक्दैनन् र त जिन्दगी धेरै भए पनि सबै किताबमा उतारिएका हुँदैनन्। सबैले लेख्न सक्ने भए किताबको महत्व पनि यति नहुँदो हो। प्रसंग हर्षबहादुर थापाका किताबको हो अर्थात् ‘...के जिन्दगी ?’ को।


सम्भवतः सृष्टिकालदेखि नै मानिसले जीवनको अर्थ खोजेको छ। अर्थले पनि नपुगेर सार्थकता र सफलता पनि खोजेकै हुन्छ। प्राचीन वाङ्मयमा हेर्दा यही कुरा देखिन्छ। प्रशंसनीय जीवन निर्वाह नै जीवनको सफलता हो भन्ने मानिसले सोचेको हुन्छ।

शास्त्रले धर्म, अर्थ, काम, मोक्षलाई जीवनका चार पुरुषार्थ मानेको छ। यिनै पुरुषार्थका लागि काम गर्छ मानिस।

काम गर्दा नराम्रो पनि गर्न पुग्छ, नराम्रो गरुँ भनेर होइन हेक्का नपुगेरै हो। सारांशमा, मानिस राम्रो गर्न र राम्रो कहलाउन चाहन्छ। आफ्ना जीवनका अनुभव सबैलाई प्रिय हुन्छन् नै। सकारात्मक रूपमा सोच्नेका लागि अप्रिय अनुभवले पनि पाठ सिकाएको हुन्छ। कसैले व्यक्त गर्न सक्छ, धेरैले जानेको हुँदैन। यो प्रसंग किताबको हो।

सबैको जिन्दगी किताब हो। सबै किताब एक वा अनेक जिन्दगी हुन्। लेखिएका किताब लिखित जिन्दगी हुन् र अनुभव नलेखिएका जिन्दगी अलिखित किताब हुन्। किताब र जिन्दगीमा पत्रैपत्र हुन्छन्। किताब पढ्नेले अक्षरबाट ज्ञान लिन्छ, जिन्दगी पढ्नेले अनुभवबाट चेतना लिन्छ। अर्काकै किताब र जिन्दगीको अनुभवबाट पनि शिक्षा लिन सकिन्छ। जिन्दगीबाट सिकेको पाठ किताबको भन्दा अझ जीवन्त हुन्छ। चाहे त्यो असल कामका प्रेरणाको होस् अथवा गल्तीबाट लिएको चेतना। मानिसले सिक्ने स्रोत किताब पनि हो। 

किताबमा अक्षर छन्, अक्षर मान्छेको सम्पत्ति हो अरूको होइन। मस्तिष्कमा रहेका अक्षर किताबमा उतारिन्छ। किताबमा देखिएको जस्तै व्यवहारमा पनि विज्ञता देखियो भने मानिस परिपक्व हुन्छ। सिकाइ मान्छेको बाध्यता हो, मान्छेको परिचय पनि हो। यस्ता सानातिना कुरा धेरै खालका हुन्छन्। ज्ञानको उचाइ त्यतिमै नाप्न सकिन्छ। किताब लेख्न सबैले सक्दैन र त जिन्दगी धेरै भए पनि सबै किताबमा उतारिएका हुँदैनन्। सबैले लेख्न सक्ने भए किताबको महŒव पनि यति नहुँदो हो। प्रसंग हर्षबहादुर थापाका किताबको हो अर्थात् ‘...के जिन्दगी ?’ को।

सुस्केरा जनाउने तीन थोप्लापछि प्रश्नवाचक चिह्न छ, किताबका नाममा। प्रायः सबैले अर्कालाई सुखी आफूलाई नै दुःखी, अर्को सम्पन्न आफू विपन्न देख्ने गरेको पाइन्छ। यसरी किताबलाई झलक्क बाहिरबाट हेरेर विचार गर्दा आममानिसको जस्तै आफ्नै खप्परलाई धिक्कार्ने बानी हर्षबहादुर थापाको पनि हो कि भन्ने लाग्छ। किन व्याप्त छ यो निराशा ? नेपाल स्रोत, सीप, सद्ज्ञान र सम्भावनाले भरिएको देश हो। अरू देश कस्तो छ, थाहा भएन तर यस्तो सुखद धर्तीमा रहँदा पनि आजको मान्छे किन यसरी पिरोलिन्छ ? प्रश्न धेरै पहिलेदेखि उठेको र धेरैका मनको हो। आँखा चिम्लिँदा संसार अँध्यारो लाग्छ। यस प्रश्नको उत्तर पनि आँखा उघार्दा भेटिन्छ। यस्तो निराशा, व्यथा र बिलखबन्दमा नरहेको नाम रहेछ, हर्षबहादुर थापा। समस्या जहाँ छ, समाधान त्यहीँ हुन्छ भनी खोज्न सिपालु थोरै हुन्छन्। नामको प्रसंग त्यही रहेछ।

गोपीकृष्ण ढुंगानाको सम्पादनमा कविताकृति ‘...के जिन्दगी ?’ माझिएको छ। आवरणचित्र राष्ट्रिय कलाकार किरण मानन्धरबाट तयार भएको छ। आवरण चित्रमा देखिएको जस्तै मान्छेको मस्तिष्क रंगीन छ। रंगीन सपना देख्ने मानिस नै हो। रंगीन विपना देख्ने पनि मानिस नै हो। किताबको शीर्षकको जिन्दगी भनेर मान्छेकै जिन्दगी खोजिएको छ, कवि हर्षबाट। सबैका जीवनमा मिश्रित सुखदुःख, ज्ञानअज्ञान, मायाघृणा, मानअपमानजस्ता द्वन्द्वहरूलाई संकेत गर्ने प्रयास रंगको हो कि जस्तो लाग्छ। सुन्दरता खोज्ने प्राणी मानिस नै हो। मान्छेले सुन्दर रोज्छ, सत्य खोज्छ र कल्याण चाहन्छ। हर्षबहादुर हर्षित र जागरुक व्यक्तित्व हुन् भन्न कृतिले पर्याप्त स्थान दिएको छ। किताबले आफ्नो कथ्य पनि यसरी नै बोल्यो। कविताहरूमा जीवन र जगत्का तमाम अन्तर्वस्तु बोलेका छन् उनले। मान्छेको मनमा राम भए राम हुन्छ। मस्तिष्क हराम भएको पनि मान्छे हुन्छ। मन, वचन र कर्ममा पनि राम हुने मान्छे नै मान्छे भनेर गनिन्छ। 

व्यवहारमा छर्लंग देखिने कुरो लिखित रूपमा आयो भने त्यो अकाट्य वचन हुन्छ। अन्तर्वस्तु राम्रो भएमा शुभकामना थोरै भए पनि पठनीय हुन्छ। पाण्डुलिपि अवस्थामै किताब आद्योपान्त हेर्ने अवसर पाएको थिएँ। सम्पादक ढुंगानाले ‘जिन्दगीले कोरेको खुसीको गोरेटो’ शीर्षको भूमिकामा लेखेका छन्, ‘करिब तीन करोड नेपालीको जीवन नेपालमै भए पनि एउटै छैन जसरी नेपालमा अनेकता छ, विविधता छ । यही विविधता र अनेकताभित्र एकता खोजिरहेछन् हर्ष थापा । उनी सेवामा रमाउने मान्छे । पछिल्ला वर्षमा शब्दहरूमा रमाउन थालेका छन् । शब्दकै संसारमा जीवन सजाउन र त्यसभित्र आफूलाई हराउन चाहेका छन् उनी । त्यसकै परिणाम हो, ‘त्यो जिन्दगी यो जिन्दगी ।’

किताबका सबै पाटाको परिदृश्य भूमिकामा जस्ताको तस्तै छ। सुन्दर भाषाशैलीका अनुच्छेदहरूले सार्थक गराएका छन्। ती कथनहरूले कविता रचना भएको सन्दर्भ जनाएका छन्। कविताको परिचय ‘दोषमुक्त, लक्षणयुक्त, रीति, गुणले सजिएको, अलंकार र अनेकौं रस पनि भएको कथन नै काव्य वा कविता नामको हुन्छ। पठनीय र रोचक विविध कुराले किताब भरिएको छ। २२० पृष्ठको किताब छ। शक्तिप्रसाद मरहट्टा र सरिता मरहट्टाको सहयोगमा मनुका थापाले कृति प्रकाशन भएको छ । कृतिमा एक सय दुईवटा कविता छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.