अफ्रिकाबाट भारत आएका दुई जनामा कोरोना संक्रमण, मोदीले दिए यस्ता निर्देशन

अफ्रिकाबाट भारत आएका दुई जनामा कोरोना संक्रमण, मोदीले दिए यस्ता निर्देशन

नयाँ दिल्ली: दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ। दक्षिण अफ्रिकाबाट आएका दुई जना कोरोना पोजेटिभ देखिएपछि भारतले उच्च सतर्कता अपनाएको हो।

भारतीय अधिकारीहरुका अनुसार ती दुवै जनालाई 'आइसोलेट' गरिएको छ। उनीहरुमा ओमिक्रोन भेरियन्ट रहेको वा नरहेकोबारे बुझ्न स्वाव पठाइएको बताइएको छ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन्।

विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.