नयाँ भेरियन्टको त्रास : बेलायतमा मास्क अनिवार्य

नयाँ भेरियन्टको त्रास : बेलायतमा मास्क अनिवार्य

काठमाडौं : कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट जोगिन बेलायतले सार्वजनिक स्थलमा जाँदा मास्क लगाउन अनिवार्य गरेको छ। दक्षिण अफ्रिकामा कारोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायत, अमेरिका, युरोपेली मुलुक, भारत लगायतले सतर्कता अपनाउन थालेका छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाको नयाँ भेरियन्टबाट बच्न सार्वजनिक स्थलमा हिँड्दा र पसल जाँदा मास्क अनिवार्य लगाउनुपर्ने भनेका छन्। कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायतले यस अघि नै दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ। 

बेलायत प्रवेश गर्ने सबै यात्रुले अनिवार्य पीसीआर टेष्ट गर्नुपर्ने भएको छ। बेलायती प्रधानमन्त्री जोन्सनलले सावधानीका लागि यस्तो प्रावधानालाई अनिवार्य गरिएको बताएका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.