बरफको धावनमार्गमा पहिलो पटक विमान अवतरण

बरफको धावनमार्गमा पहिलो पटक विमान अवतरण

ईतिहासमा पहिलो पटक बरफको धावनमार्गमा सफलतापूर्वक विमान अवतरण गराइएको छ। अन्टार्टिका महादेशमा रहेको बरफको धावनमार्गमा पहिलो पटक व्यवसायिक एयरबस विमान अवतरण गराइएको हो। 

बुटिक उड्डयन कम्पनी हाई फ्लाईद्वारा सञ्चालित ए३४० विमानले नोभेम्बर २ बिहान दक्षिण अफ्रिकाको केप टाउनबाट अन्टार्टिकाको लागि उडान भरेको थियो। वुल्फ ग्याङ लक्जरी एडभेन्चर क्याम्पले सो विमान चार्टर गरेर अन्टार्टिका पुगेको थियो। करिब ४ हजार ६३० किलोमिटरको दुरी पार गरेपछि सो विमानले बरफको धावनमार्गमा अवतरण गरेको बताइएको छ। 

हिउँ नै हिउँले ढाकेको अन्टार्टिकामा हालसम्म कुनै पनि विमानस्थल निर्माण गरिएको छैन। बरफको धावनमार्गमा विमान अवतरण गर्नु निकै कठिन र चुनौतीपूर्ण भएपनि आफूले सफलतापूर्वक विमान अवतरण गराएको विमानका क्याप्टेन कार्लोस मिर्पुरीले अन्र्तराष्ट्रियसञ्चार माध्यमसँग बताएका छन्। 

करिब १९० टन भार क्षमताको सो विमान अन्टार्टिकामा अवतरण भएको हो। अन्टार्टिकामा यसै मौसममा वैज्ञानिक, कार्गो र सानो संख्यामा पर्यटकहरु ओसारपसारको लागि सो विमान प्रयोग गरिने जनाइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.