क्वारेन्टीन होटेलमा आगो लगाउने महिला पक्राउ
क्विन्सल्याण्डः क्वारेन्टीन होटेलमा आगो लगाएको आरोपमा अष्ट्रेलियाकी एक महिला पक्राउ परेकी छन्। क्विन्सल्याण्डस्थित कोभिड-१९ क्वारेन्टीनको लागि बनेको ११ तले होटेलमा आगो लगाउने महिला पक्राउ परेकी हुन्।
३१ वर्षीया ती महिलालले आइतबार बिहान ११ तले प्यासिफिक होटेलको आफ्ना दुई सन्तानसहित आफू बस्दै आएको कोठामा आगो लगाएकी थिइन्। आगलागिपछि सो होटेलबाट १६० भन्दा बढी मानिसको उद्धार गरिएको थियो।
पक्राउ परेकी आरोपित महिलासँग सोधपुछ र अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ। हालः अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टका दुई जनामा संक्रमण फेला परेको बताइएको छ। नयाँ संक्रमण फेला परेसँगै सरकारले नयाँ मापदण्ड लागू गर्ने बताइएको छ।