नेदरल्याण्डमा १३ जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन'

नेदरल्याण्डमा १३ जनामा देखियो कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन'

नेदरल्याण्ड : दक्षिण अफ्रिकाबाट नेदरल्याण्ड आएका १३ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ। दक्षिण अफ्रिकाबाट नेदरल्याण्डको एम्स्टर्डम आएका ६ सय जना यात्रुको शनिबार कोरोना परिक्षण गरिएको थियो। जसमध्ये ६१ जनामा कोरोना पोजेटिभ देखिएको थियो। पोजेटिभमध्येका १३ जनामा नयाँ भेरियन्ट पाइएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसले जनाएको छ।

नेदरल्याण्डका स्वास्थ्यमन्त्री हुगो दी जोङ्गले अफ्रिकामा रहेका आफ्ना नागरिकहरुलाई आफ्नो देश फर्किन आग्रह गरेको छ। उनले आफ्नो देश फर्किएर कोरोना टेस्ट गर्न अपील गरेका छन्। दक्षिण अफ्रिकी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ‘ ओमिक्रोन’ देखिए पछि विश्वभर पुनः कोरोनाको त्रास फैलिएको छ ।

 कोरोना पोजेटिभ देखिएका सबैलाई होटल आइसोलेसनमा राखिएको छ ।  उनीहरुमा ओमिक्रोन भाइरसको संक्रमण देखिएको हो/होइन भन्ने बारे अनुसन्धान भइरहेको बीबीसीमा खबर छ ।  दक्षिण अफ्रिकी मुलुकबाट आएका सबै यात्रुको एम्स्टर्डममा कोरोना परिक्षण गरिएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको उत्परिवर्तित रुपलाई ‘ओमिक्रोन’ नामाकरण गरेको छ । धेरै पटक उत्परिवर्तन भइसकेकाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट खतरनाक रहेको वैज्ञानिकहरुले दावी गरेका छन्।

डब्लूएचओले ओमिक्रोन भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ। संक्रमण दर उच्च भएपछि त्यसलाई भेरियन्ट अफ कन्सर्न घोषणा गरिन्छ।  डब्लूएचओले ओमिक्रोन नामक नयाँ भेरियन्टको संक्रमण दर उच्च रहेको जनाएको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोन भाइरस हङकङ, बेल्जियम, बोत्स्वाना र इजरायलमा समेत भेटिएको छ ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.