कोरोना प्रतिबन्ध हटाउन स्विजरल्याण्डमा चुनाव हुँदै, भारतले संसारकै अग्लो रेलवे पुल बनाउँदै

कोरोना प्रतिबन्ध हटाउन स्विजरल्याण्डमा चुनाव हुँदै, भारतले संसारकै अग्लो रेलवे पुल बनाउँदै

बेर्नः कोभिड-१९ प्रतिबन्धबारे युरोपेली मुलुक स्विजरल्याण्डका नागरिकले भोट खसाल्ने भएका छन्। पछिल्लो समय फेला परेको नयाँ भेरियन्ट बढ्ने क्रममा देशबाट कोभिड-१९ प्रतिबन्ध हटाउने या नहटाउने भन्नेबारे त्यहाँका नागरिकहरुले आइतबार भोट खसाल्ने भएका हुन्।

कोभिड १९ का नयाँ संक्रमण फेला पर्दा यसअघि बनेका मापदण्ड परिमार्जन गर्नुपर्ने त्यहाँका नागरिकको माग छ। त्यहाँका नागरिकले खसालेको भोटको आधारमा स्विजरल्याण्ड सरकारले कोभिड-१९ प्रतिबन्धबारे परिमार्जित नयाँ मापदण्ड बनाउने सीएनएनले जनाएको छ।

यसअघि स्विस संसदले गत मार्चमा कोभिड नियम जारी गरेको थियो। कोभिड-१९ को नयाँ भेरियन्टको प्रकृतिअनुसार स्विस जनताको भोटको आधारमा कोभिड-१९ प्रतिबन्धबारे सरकारले निर्णय गर्नेछ। स्विस सरकारका अनुसार पछिल्लो १४ दिनमा करिब ७५ हजार ९ सय नयाँ संक्रमित फेला परेका छन्।

चीनले पूर्वी लद्धाखमा नयाँ राजमार्ग निर्माण गर्दै

लद्धाखः चीनले भारतको पूर्वी लद्धाख क्षेत्रमा नयाँ राजमार्ग निर्माण गरिरहेको स्रोतले बताएको छ। चीन–भारतबीच बढ्दो सैन्य तनावका बीच चीनले सो क्षेत्रमा क्षेप्यास्त्र र रकेट तैनाथ गर्नुका साथै नयाँ राजमार्ग र सडक निर्माण गरिरहेको स्रोतले बताएको हो।

चिनियाँ सेनाले पूर्वी लद्धाख क्षेत्रको विपरित क्षेत्र अक्साई चिन क्षेत्रमा नयाँ राजमार्ग निर्माण गरिरहेको इन्डिया टुडेमा खबर छ। उच्चस्तरिय स्रोतले ड्रोन निगरानीमार्फत् सो जानकारी लिएको बताइएको छ। इन्डिया टुडेलाई बताएअनुसार सेनाले नयाँ राजमार्ग मात्र नभई त्यस क्षेत्रको सडक विस्तारका साथै क्षेप्यास्त्र र रकेट राख्ने ठाउँ बनाइरहेको छ।

चीन-भारत सीमानजिक स्वाशासित तिब्बत क्षेत्रमा भने चिनियाँ सेनाले क्षेप्यास्त्र र रकेटहरु राखिसकेकोसमेत स्रोतले बताएको छ। पछिल्लो समय चीन र भारतका सैनिक पक्षबीच भएको १३औं पटकको बैठकमा भारतले चिनियाँ सेनाले सीमा क्षेत्रमा विस्तार गरेको सैन्य पूर्वाधार सम्बन्धमा चिन्ता व्यक्त गरेको थियो।

भारतले संसारकै अग्लो रेलवे पुल निर्माण गर्दै

मणिपुरः भारतीय रेल कम्पनीले संसारकै अग्लो रेलवे पुल निर्माण गर्ने भएको छ। इन्डियन रेलवेजले जिरिबम-इम्फाल रेलवे परियोजनाअन्तर्गगत मणिपुरमा संसारकै अग्लो रेलवे पुल निर्माण गर्ने भएको हो।

करिब १४१ मिटर अग्लो बन्ने सो पुल करिब १११ किलोमिर लामो जिरिबम-इम्फाल रेलवे लाइन जोड्ने छ। १४१ मिटर उचाइँको सो पुलले यसअघि युरोपमा बनेको करिब १३९ मिटर अग्लो पुलको रेकर्ड तोड्ने बताइएको छ।

सो परियोजनालाई भारत सरकारले सबैभन्दा महत्वाकांक्षी परियोजनाको रुपमा लिएको हिन्दुस्तान टाइम्समा खबर छ। हालै निर्माण सुरु भएको सो रेलवे पुल निर्माण कार्य सन् २०२३ डिसेम्बरमा सम्पन्न हुनेछ। सो पुल बनेमा करिब १२ घण्टा लामो यात्रा २ घण्टामा टुंगिने बताइएको छ।

जापानद्वारा ६.७५ बिलियन डलर सैन्य बजेट थप

टोक्योः जापानले सैन्य बजेटअन्तर्गत करिब ६.७५ बिलियन अमेरिकी डलर थप्ने भएको छ। हवाई र समुद्री प्रतिरक्षाको लागि जापानले सो रकम थप्न लागेको हो।

उत्तर कोरिया र चीनले धम्कीस्वरुप निरन्तर क्षेप्यास्त्र प्रहार गरेपछि जापानले सो निर्णय गरेको बताइएको छ। गएको शुक्रबार जापानका प्रधानमन्त्री फुमियो किशिदाको सरकारले सो सैन्य बजेट अनुमोदन गरेको थियो।

जापानको रक्षा मन्त्रालयकाअनुसार सो बजेट चाडै स्वीकृत हुने र विभिन्न सैन्य परियोजना कार्यान्वयन अघि बढ्ने छ। हालः जापानको वायु रक्षा बलसँग एफ १५ लडाकु विमानमात्र रहेको बताइएको छ।

रुस, चीन र रानका कूटनीतिज्ञबीच परमाणु वार्ता

दुबईः रुस, चीन र इरानका कूटनीतिज्ञबीच परमाणु वार्ता सम्पन्न भएको छ। अलि बगहेरी कानी नेतृत्वको इरानको वार्ता टोली, रुस र चीनबीचको परमाणु सम्बन्धमा वार्ता आइतबार सम्पन्न भएको हो।

तीन पक्षबीच भियनामा शनिबारदेखि सुरु भएको वार्ता आइतबारसम्म चलेको बताइएको छ। रुसी र चिनियाँ कूटनीतिज्ञ सम्मिलित सो वार्तामा युरोपेली संघका कोर्डिनेटर एन्रिक मोरासमेत सहभागी भएको बताइएको छ।

सो वार्ता सन् २०१५ मा इरान र शक्ति राष्ट्रबीच भएको सम्झौता ब्युँताउने सम्बन्धमा भएको इरानको अर्थ सरकारी समाचार संस्था आइएसएनएमा उल्लेख छ।

नयाँ भेरियन्ट पत्ता लगाउदा आफू दण्डित भएको दक्षिण अफ्रिकाको भना

केप टाउनः दक्षिण अफ्रिकाले कोरोना भाइरस कोभिड-१९ को नयाँ भेरियन्ट पत्ता लगाउँदा आफू दण्डित भएको गुनासो गरेको छ। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लगाउँदा प्रशंसा गर्नुको सट्टा आफू दण्डित भएको गुनासो दक्षिण अफ्रिकाले गरेको हो।

नयाँ भेरियन्ट पत्ता लागेसँगै संसारका विभिन्न मुलुकले दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकको यात्रामाथि प्रतिबन्धको घोषणा गरेपछि त्यहाँको विदेश मन्त्रालयले सो प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।  

दक्षिण अफ्रिकाका वैज्ञानिकको टोलीले बुधबार नयाँ भेरियन्ट पत्ता लागेको घोषणा गरेका थिए। शुक्रबार विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले नयाँ भेरियन्टको ओमिक्रोन राख्दै ‘भेरियन्ट अफ कन्सर्न’को रुपमा बर्गीकरण गरेको थियो। सो भेरियन्ट सबैभन्दा बढी खतरनाक रहेको भन्दै विभिन्न मुलुकहरुले यात्रामा प्रतिबन्ध लगाएका छन्।

थोपियाली बलद्वारा ६ सुडानी सैनिकको मृत्यु

खार्तुमः इथोपियाली सैन्य बलको आक्रमणमा परी कम्तीमा ६ सुडानी सैनिकको ज्यान गएको छ। विवादित सीमा क्षेत्रनजिकै शनिबार राति सुडानी सेनाको पोष्टमा भएको आक्रमणमा परी ६ सुडानी सेनाको ज्यान गएको हो।

सुडान सेनाले विज्ञप्ती जारी गर्दै अल फशाक क्षेत्रको सुरक्षामा खटिएका सेनामाथि इथोपियाली सैन्य बलले हमला गरेको बताएको छ। आफूहरुले इथोपेली क्षेत्रको आक्रमण फिर्ता लिएको र त्यहाँको जनताको सुरक्षामा खटिएको बताए पनि इथोपेली सेनाले आक्रमण गरेको सेनाले बताएको छ।

यद्यपि इथोपेली अधिकारीहरुले भने हालसम्म कुनै पनि प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

सुत्केरी बेथा लागेकी न्युजिल्याण्डकी सांसद साइकल चलाउँदै अस्पताल

वेलिङटनः सुत्केरी बेथा लागेपछि न्युजिल्याण्डकी एक सांसद साइकल चलाउदै अस्पताल पुगेकी छन्। सांसद जुली एन जेन्टर सुत्केरी बेथा लागेपछि स्वयम् आइतबार बिहानै साइकल चलाउँदै अस्पताल पुगेकी हुन्।

अस्पाल पुगेको एक घण्टापछि उनले बच्चा जन्माएकी छन्। बेथा लाग्दा साइकल चढेर अस्पताल जाने योजना नभए पनि आफूले त्यस्तै गर्नुपरेको फेसबुक पोष्टमार्फत् बताएकी छन्। आमा र बच्चा दुवैको अवस्था स्वस्थ्य रहेको उनले जानकारी दिएकी छन्।

ग्रिन पार्टी यातायात मामलाकी प्रवक्तासमेत रहेकी उनले करिब तीन वर्षअघि सुत्केरी बेथा लाग्दा साइकल चलाउँदै अस्पताल पुगेकी थिइन्। ४१ वर्षीय जुली साइक्लिङको पक्षमा खुलेर वकालत गर्दै आएकी छन्।

सेनाविरुद्ध लड्न म्यानमारका लोकतन्त्र समर्थकले जुटाए ६.३ मिलियन डलर

नेपिडाः म्यानमारका लोकतन्त्र समर्थक गठबन्धनहरुले करिब ६.३ मिलियन अमेरिकी डलर रकम जम्मा गरेका छन्। उनीहरुले सैन्य शासनविरुद्ध लड्न सो रकम जम्मा गरेका हुन्। सो रकम करिब ३ दिनमा जम्मा भएको बताइएको छ।

सैन्य शासन हटाउन देशविदेशबाट आर्थिक सहयोग प्राप्त भइरहेको त्यहाँका लोकतन्त्र समर्थक गठबन्धनहरुले बताएका छन्। सो सहयोग उपलब्ध गराउनेमा अधिकांश विदेशमा रहेका म्यानमार नागरिकहरु रहेको बताइएको छ।

साथै लोकतन्त्र समर्थक गठबन्धनहरुले आगामी महिनाभित्र करिब १ अर्ब अमेरिकी डलर जुटाउने लक्ष्य राखेको बताइएको छ। फेब्रुअरी १ मा म्यानमार सेनाले सत्ता कब्जामा लिएपछि त्यहाँ सैन्य शासनविरोधीहरुले विरोध तथा प्रदर्शन जारी राखेका छन्। म्यानमार सेनाले देशभित्र अत्याचार गरिरहेको बताइन्छ।

संयोजन : अस्मिता खड्का  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.