युरोपमा नयाँ भेरियन्टको त्रास, जर्मनीमा ओमिक्रोनबाट संक्रमितको संख्या तीन पुग्यो
बेलायत : जर्मनीमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तेस्रो केस फेला परेको छ । यसअघि जर्मनीमा दुइ जनामा ओमिक्रोनको संक्रमण फेला परेको थियो ।
पछिल्लो पटक जर्मनीको हेस्सेमा ओमिक्रोनका संक्रमित भेटिएका हुन् । यसअघि दुइ जनामा जर्मनीको म्युनिखमा ओमिक्रोन भेटिएको अन्तर्राष्ट्रिय संचारमाध्यममा खबर छ ।
जर्मनीको सामाजिक मामिला तथा एकीकरण मन्त्रालयले जनाए अनुशार नोभेम्बर २१ मा दक्षिण अफ्रिकाबाट जर्मन आएका व्यक्तिमा ओमिक्रोन भाइरस भेटिएको हो । ओमिक्रोनबाट संक्रमित तीनै जनालाई त्यहाँका चिकित्सकहरुले उच्च निगरानीमा राखेका छन् ।