कोरोना त्रास : थप एक जनामा नयाँ भेरियन्ट देखियो
बेलायत : बेलायतमा कोरोनामा भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित अर्का एक व्यक्ति भेटिएका छन् । यस अघि बेलायतमा अन्य दुइ जनामा ओमिक्रोन संक्रमण भेटिएको थियो ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले थप एक व्यक्तिमा ओमिक्रोन संक्रमण भेटिएको पुष्टी गरेका छन् । पछिल्लो तथ्याङ्कसँगै बेलायतमा कारोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या तीन पुगेको छ ।
बेलायतले कोरोनाको नयाँ भेरियन्टबाट बच्न सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेको छ ।