नागरिकमाथि यात्रामा बन्देज लगाउनु अनुचित : दक्षिण अफ्रिकी राष्ट्रपति
दक्षिण अफ्रिका : दक्षिण अफ्रिकाले कोरोना भाइरसको नयाँ भेरियन्टको नाममा आफ्ना नागरिकमाथि लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्न माग गरेको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले अमेरिका, बेलायत, युरोपेली मुलुक लगायतले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को नाममा यात्रामा बन्देज लगाउनु निन्दनीय भएको टिप्पणी गरेको बीबीसीमा समाचार छ।
अमेरिका, बेलायत, इजरायल लगायतका मुलुकले अफ्रिकी मुलुकका नागरिकको आवातजावतमा बन्देज लगाएको छ। दक्षिण अफ्रिकाका वैज्ञानीकहरुले उपत्परिवर्तित भाइरस ओमिक्रोन भेटिएको पुष्टि गरेपछि कतिपय मुलुकहरुले अफ्रिकी मुलुसँगको हवाइ सम्बन्धविच्छेद गरेका छन्।
राष्ट्रपति आफ्ना नागरिकलाई यात्रमा बन्देज लगाउँदा मुलुकको अर्थतन्त्रमा गम्भीर असर पार्ने बताए। दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाले आफ्ना नागरिकमाथि लगाएको बन्देज तत्काल फुकुवा गर्न आग्रह गरेका छन्।