केपटाउनबाट दिल्ली आएका एकलाई कोरोना देखियो,  ओमिक्रोन हुन सक्ने

केपटाउनबाट दिल्ली आएका एकलाई कोरोना देखियो,  ओमिक्रोन हुन सक्ने

दिल्ली : दक्षिण अफ्रिकाबाट नयाँ दिल्ली आएका एक भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको छ ।

संक्रमित व्यक्तिमा नयाँ भेरियन्ट‘ ओमिक्रोन’ भए /नभएकोबारे अनुसन्धान सुरु भएको छ । नोभेम्बर २४ मा उनी दक्षिण अफ्रिकाको केपटाउनबाट दुबई हुँदै दिल्ली आएका थिए ।

दिल्ली आएपछि उनको पीसीआर परिक्षण भएको थियो । परिक्षण गर्न दिए लगत्तै उनी मुम्बाई उडेका थिए ।पीसीआर परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनी अहिले मुम्बाइमा होम आइसोलेसनमा बसेका छन् ।

 चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको ईन्डियन एक्सप्रेसमा समाचार छ । विश्वभर कोरोनाको नयाँ भेरियन्ट फैलन थालेपछि भारतले समेत उच्च सर्तकता अपनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.