कांग्रेस उपसभापति निधिका भाइलाई क्षेत्रीय सभापति र श्रीमतीलाई महाधिवेशन प्रतिनिधि बनाइएपछि नेताहरूको असन्तुष्टि

कांग्रेस उपसभापति निधिका भाइलाई क्षेत्रीय सभापति र श्रीमतीलाई महाधिवेशन प्रतिनिधि बनाइएपछि नेताहरूको असन्तुष्टि

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिका भाइलाई क्षेत्रीय सभापति र श्रीमतीलाई महाधिवेशन प्रतिनिधि बनाइएपछि नेताले असन्तुष्टि जनाएका छन्। आसन्न १४औं महाधिवेशनका लागि धनुषाको संघीय निर्वाचन क्षेत्र ३ मा प्रतिनिधि छनोटमा नातावाद हावी भएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्।

सोमवार सर्वसम्मतिबाट २२ जना प्रतिनिधि छनोट गरिएकोमा विमलेन्द्र निधिका भाइ धिरेन्द्र निधिलाई क्षेत्रीय प्रतिनिधि र श्रीमती अनामिका निधि महाधिवेशन प्रतिनिधि चयन गरिएपछि नेताहरुको असन्तुष्टि बाहिरिएको हो।

क्षेत्रीय सभापतिका आकांक्षी शम्भुनाथ झाले निधिले लोकतन्त्रको हत्या परिवारवाद र नातावाद गरेको आरोप लगाए। ‘क्षेत्रीय सभापति पनि आफ्नै भाइ र श्रीमतीलाई महाधिवेशन प्रतिनिधि बनाउनु परिवारवाद होईन र ?’, प्रश्न गर्दै उनले भने, ‘पार्टीमा अरु नेता कार्यकर्ता छैनन् र ?’ उनले घोषित महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापति मान्य नहुने बताए। क्षेत्रीय प्रतिनिधिका उम्मेदवार शम्भुनाथ झाले पार्टीभित्र राम्रो सम्भावना भएकालाई घाँटी रेटेर तलै सिध्याउनु कांग्रेसी राजनीतिको संस्कार बनिसकेको आरोप लगाए।

उपसभापति निधिले आफ्नो मनोमानी हिसाबले मञ्चबाटै आफू अनुकूलका व्यक्तिको नाम घोषणा गरेको क्षेत्र नं. ३ धनुषाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार प्रवेश चौधरीले बताए। उपसभापति निधिले अलोकतान्त्रिक विधिबाट प्रक्रियालाई मिच्दै आजसम्म इतिहासमै नभएको काम गरेको उनको आरोप छ। ‘उपसभापति निधिले स्वयंलाई महाधिवेशन प्रतिनिधि र आफ्नो पत्नीलाई समेत महाधिवेशन प्रतिनिधि घोषणा गर्दै आफ्नो भाइलाई स्वेच्छाचारी ढंगले क्षेत्रीय सभापति बनाए। यो लोकतन्त्रको सरासर हत्या हो’ चौधरीले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.