मध्य प्रदेशमा एक व्यक्तिले पत्नीको लागि बनाए दोस्रो ताजमहल

मध्य प्रदेशमा एक व्यक्तिले पत्नीको लागि बनाए दोस्रो ताजमहल

मध्य प्रदेश : आफ्नी पत्नी एवम् रानी मुम्ताजको यादमा ऐतिहासिक ताजमहल निर्माण गर्ने मुगल बादशाह शाहजहां अटुट प्रेमको प्रतीकको रुपमा चिनिन्छन्। आग्रास्थित १७ औं शताब्दीमा बनेको ताजमहल विश्वमाझ नै प्रेमको प्रतीक बनेर उभिएको छ। 

विश्व सम्पदा सुचीमा सुचीकृत सो ताजमहल हेर्न विश्वका विभिन्न ठाउँबाट पर्यटक आउने गर्छन्। सो ताजमहल भारतको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ।  

यस्तै मध्य प्रदेशका एक व्यक्तिले आफ्नी पत्नीको लागि दोस्रो ताजमहल निर्माण गरेका छन्। ५२ वर्षीय आनन्द प्रकाश चौस्कीले मध्य प्रदेशस्थित बुर्हानपुर शहरमा आफ्नी पत्नी मन्जुशाको लागि उपहारस्वरुप ताजमहलको उपमा निर्माण गरेका हुन्। 

‘दोस्रो ताजमहल मैले मेरी श्रीमतीको लागि उपहारस्वरुप निर्माण गरेको हुँ। श्रीमतीसँगै यो शहर र यहाँका मानिसको लागि उपहार हुनेछ’, आनन्दले बीबीसीसँग भनेका छन्। 

उनले निर्माण गरेको ताजमहल करिब २ लाख ६० हजार अमेरिकी डलरमा निर्माण भएको हो। करिब ५० रोपनी क्षेत्रफलमा बनेको ताजमहलभित्र आनन्दले अस्पतालसमेत निर्माण गरेका छन्। उनले निर्माण गरेको ताजमहलमा नवविवाहितले तस्बिर खिचाउने गर्छन्। ऐतिहासिक ताजमहलकै स्वरुपमा निर्माण गरिएको नयाँ ताजमहलभित्र भने आनन्द दम्पती बसोबास गर्दै आएका छन्। सोही कारण उनी सबैखाले पर्यटकलाई सो भवनभित्र प्रवेश अनुमती भने दिंदैनन्। 

ऐतिहासिक ताजमहल मुस्लिम आर्किटेक्चरमा आधारित डिजाइन भएकोले आफूले नयाँ ताजमहलमा आधुनिक डिजाइन थपेको आनन्दले बताए। ‘मेरो घर ऐतिहासिक ताजहमलबाट प्रेरित छ। यद्यपि, मैले आधुनिक डिजाइनसमेत थपेर निर्माण गरेको हुँ’, उनले भने। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.